हेराल्ड ल स्कुलमा कर्णाली कानुन विद्यार्थी समाजद्वारा अन्तरकलेज कानुन क्विज सम्पन्न

हेराल्ड ल स्कुलमा कर्णाली कानुन विद्यार्थी समाजद्वारा अन्तरकलेज कानुन क्विज सम्पन्न

सोमवार, भदौ ९ २०८२
सोमवार, भदौ ९ २०८२
  • हेराल्ड ल स्कुलमा  कर्णाली कानुन विद्यार्थी समाजद्वारा अन्तरकलेज कानुन क्विज सम्पन्न

    काठमाडौँ / कर्णाली कानुन विद्यार्थी समाजको आयोजनामा “+2 स्तर अन्तरकलेज कानुन क्विज प्रतियोगिता” शनिबार काठमाडौँको बसुन्धरास्थित हेराल्ड ल स्कुलमा सम्पन्न भएको छ। प्रतियोगितामा उपत्यकाका विभिन्न १२ कलेजका टिमहरूले सहभागिता जनाएका थिए।

    images
    images

    नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजय प्रसाद मिश्रले कार्यक्रमको उद्घाटन गर्दै कर्णालीमा कानुनी सचेतनाको क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले अलिखित कानुन र प्रचलित परम्परागत अभ्यास हटाउनुपर्नेमा जोड दिँदै, प्रविधि र एआईको प्रभाव कानुनी शिक्षामा पनि परेको उल्लेख गरे।

    कार्यक्रमकै अवसरमा हेराल्ड ल स्कुलले स्नातक तहको औपचारिक अध्यापन सुरु गर्ने घोषणा गरेको छ। अब +2 तह सकाएका विद्यार्थीहरूले हेराल्डमा कानुनी अध्ययन गर्न सक्नेछन्, जसले योग्य कानुन व्यवसायी तयार पार्ने अपेक्षा गरिएको छ।

    शैक्षिक साझेदारका रूपमा Herald Law School र Lex Nepal Institute of Law रहेका कार्यक्रममा ILAM र KIRDARC मुख्य प्रायोजक थिए।

    दुई चरणमा सम्पन्न प्रतियोगितामा हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेज प्रथम, ट्रिटन कलेज द्वितीय र ऋत एकेडेमी तृतीय स्थानमा रहे। विजेता टिमहरूले क्रमशः रु १५,०००, १०,००० र ५,००० नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। सहभागी सबै टिमलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।

    समाजकी अध्यक्ष रेखा मल्लले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै, कानुनी साक्षरतालाई समृद्ध कर्णालीका लागि मुख्य उद्देश्यका रूपमा अघि बढाइने बताइन्। कार्यक्रमको सञ्चालन महासचिव मिलन शाहीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष डिबी भण्डारीले व्यक्त गरेका थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय