बुटवल र अनामनगरपछि करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौँ शङ्खमूलमा

बुटवल र अनामनगरपछि करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौँ शङ्खमूलमा

सोमवार, भदौ ९ २०८२
सोमवार, भदौ ९ २०८२
  • बुटवल र अनामनगरपछि करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौँ शङ्खमूलमा

    काठमाडौँ / हट एण्ड स्पाइसि नुडल्समा छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो लोकप्रिय आउटलेट करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौँको शंखमूलस्थित बिग मार्ट नजिकै नयाँ शाखा सुरु गरेको छ। 

    images
    images

    बुटवल र काठमाडौँको अनामनगरमा रहेका आउटलेटहरूको सफलतापछि उपभोक्ताको मागलाई मध्यनजर गर्दै, हरितालिका तीजको दर खाने दिनको अवसर पारेर नयाँ शाखा सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ।

    नयाँ आउटलेटमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। विशेषगरी, नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स र चिज पकेट जस्ता नयाँ परिकारहरूको स्वाद लिन सकिनेछ। 

    साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसार मसला र स्वाद पनि रोज्न पाउनेछन्। 

    युवापुस्तामाझ लोकप्रिय करेन्ट चाउचाउको नयाँ आउटलेटले काठमाडौँवासीलाई नौलो र चट्पटो स्वादको अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

    समारोहमा यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवल र अनामनगरमा पाएको अपार माया र सफलताले काठमाडौँमा विस्तार गर्न प्रेरित गरेको उल्लेख गर्दै भने, “काठमाडौँका नुडल्स पारखीका लागि शंखमूललाई उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो ।” 

    उक्त कार्यक्रममा ग्लोबल सिइओ जीपी शाहले करेन्ट पोइन्ट, करेन्ट स्न्याक्स र नुडल्स रेन्जबारे मिडियालाई विस्तृत जानकारी दिएका थिए।

    सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स प्रालि नेपाली खाद्य तथा पेय उद्योगको अग्रणी कम्पनी हो।

    ‘करेन्ट’ ब्रान्डअन्तर्गत पिरो तथा स्वादिष्ट चाउचाउ उत्पादन गर्दै आएको यस कम्पनीका उत्पादनहरू नेपालभर र विश्वका २२ भन्दा बढी मुलुकमा निर्यात हुने गरेका छन्।

    चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्सलगायत अन्य स्न्याक्ससमेत उत्पादन गर्दै आएको कम्पनीले स्थानीय स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय