अरोरा टेक अवार्ड २०२६: महिला उद्यमीका लागि आवेदन खुला

अरोरा टेक अवार्ड २०२६: महिला उद्यमीका लागि आवेदन खुला

सोमवार, भदौ ९ २०८२
सोमवार, भदौ ९ २०८२
  • अरोरा टेक अवार्ड २०२६: महिला उद्यमीका लागि आवेदन खुला

    प्रविधि क्षेत्रमा महिला उद्यमीलाई सशक्त बनाउन स्थापना गरिएको अरोरा टेक अवार्ड २०२६ का लागि आवेदन खुला भएको छ। नेपालसहित विश्वभरका महिला टेक उद्यमीहरूले नोभेम्बर १२ (कार्तिक २६) भित्र auroratechaward.com मा अनलाइन फारम भरि सहभागी हुन सक्नेछन्।

    images
    images

    यो अवार्ड सन् २०२१ मा इनड्राइभले सुरु गरेको हो। गत वर्ष ११६ देशका २,०१८ महिलाले आवेदन दिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो। स्वास्थ्य प्रविधि, एआई, फिनटेक, एडटेक र एग्रो टेकजस्ता क्षेत्रमा सक्रिय महिला संस्थापकले यसमा भाग लिन सक्नेछन्।

    भाग लिनका लागि कम्पनी पाँच वर्षभन्दा पुरानो नभएको, प्रोटोटाइप वा एमभीपी भएको, स्टार्टअप प्रि–सिड वा सिड चरणमा रहेको र कुल लगानी ६ लाख अमेरिकी डलरभन्दा कम हुनुपर्नेछ। विजेताले क्रमशः ५० हजार, ३० हजार र १५ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्। साथै अन्तर्राष्ट्रिय लगानीकर्ता र परामर्श अवसर उपलब्ध हुनेछ।

    शीर्ष १०० सहभागीको नाम डिसेम्बर ८ मा सार्वजनिक गरिनेछ भने फाइनलिस्ट घोषणा २०२६ को सुरुवातमा हुनेछ। अन्तिम कार्यक्रम मार्च वा अप्रिल २०२६ मा सम्पन्न हुने छ। इनड्राइभले सुरु गरेको यो गैरनाफामूलक पहल अहिले ४८ देशका ८८८ शहरमा सञ्चालनमा रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय