काठमाडौं/ एलआरआर मोटर्स्ले आज वरिष्ठ क्याप्टेन विजय लामासँग साझेदारीको घोषणा गर्दै उनलाई एभियसन–थीममा आधारित जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी) का लागि ब्राण्ड एम्बासेडर नियुक्त गरेको छ ।
नाडा अटो शोको चौथो दिनमा आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रमलाई विमाननको सुरक्षा र प्रविधिलाई नेपाली सडकमा दिगो गतिशीलतासँग जोड्ने एक महत्वपूर्ण कदमका रूपमा लिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले भने, “आजले हामी केवल साझेदारीमा प्रवेश गरेका मात्रै हैन, बरु एउटा बृहत दूरदृष्टिलाई उजागर गरेका छौं । जेवाई एयर ईभीले विमान प्रविधिबाट प्रेरित नवप्रवर्तन, सुरक्षा र दिगोपनाको प्रतिनिधित्व गर्छ ।”
वरिष्ठ क्याप्टेन विजय लामाले जेवाई एयर ब्राण्डले अँगालेका विश्वास, अनुशासन र उत्कृष्टताको प्रतिनिधित्व गर्ने विश्वास ब्यक्त गरे ।
वरिष्ठ क्याप्टेन विजय लामाले जेवाई एयरको संलग्नतामार्फत उडानको आत्मालाई सडकमा ल्याउन पाउँदा उत्साहित भएको बताए ।
“जेवाई एयर ईभी केवल एउटा कार मात्र होइन-यो पाङ्ग्रामा ल्याइएको विमान हो, जसमा सुरक्षा, अनुशासन र प्रविधिका उस्तै मूल्यहरू समावेश छन् ।
म नेपाली चालकलाई सफा र स्मार्ट गतिशीलता अपनाउन प्रोत्साहित गर्न उत्सुक छु, र यो यात्रामा एलआरआर मोटर्ससँग संलग्न हुन पाउँदा गर्वित छु” उनले बताए ।
यस सहकार्य मार्फत, एलआरआर मोटर्सले नेपालमा ड्राइभिङलाई पुनः परिभाषित गर्दै विमाननको सुरक्षा र विलाशितालाई विद्युतीय सवारीसाधनको नवप्रवर्तनसँग मिसाएर दिगो, आकर्षक र भविष्यउन्मुख गतिशील समाधान उपलब्ध गराउने लक्ष्य राखेको छ ।
एलआरआर मोटर्स नेपालमा जेवाई एयर ईभीको आधिकारिक आयातकर्ता र वितरक हो। कम्पनीले प्रविधि, दिगोपना र कार्यक्षमता संयोजन गरेर वातावरणमैत्री र नवप्रवर्तनशील गतिशील समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।