काठमाडौँ / चिनियाँ विद्युतीय सवारी (इभि) निर्माता कम्पनी बिवाइडीका उत्पादनहरू नेपाली बजारमा मात्रै होइन विश्व बजारमा पनि अत्याधिक रुचाइएको गाडि हो । नेपालमा बिवाइडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक हो ।
चिनियाँ विद्युतीय सवारी बिवाइडीले सार्वजनिक गरेका जुनसुकै मोडल पनि ग्राहकहरूका लागि आकर्षक बन्दै आएको छ । साउन २१ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको नाइमा मोविलिटी एक्स्पो २०२५ मा सर्वाधिक बढी बुकिङ भएको बिवाइडी भदौ ३ गतेदेखि सुरु भएको नाडा अटो शोमा पनि अत्याधिक बढी रुचाइएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा ८ सयभन्दा बढी बिवाइडीको गाडि बुकिङ भएको बताइएको छ । जसमा ४० प्रतिशत गाडि एट्टो–१ रहेको कम्पनीले जनाएको छ । भदौ ३ गतेदेखि काठमाडौँको भृकुटिमण्डपमा सञ्चालन भइरहेको ‘नाडा अटो शो’मा बिवाइडीको नयाँ कम्प्याक्ट एसयुभी एट्टो – २ अत्याधिक बढी रुचाइएको छ ।
यी दुवै एक्स्पोमा बिवाइडीको स्टलमा अवलोकनकर्ताहरू तथा गाडि बुकिङ गर्ने ग्राहकहरू झुम्मिएका छन् । बिवाइडीको एट्टो – २ नाडा अटो शो सुरु भएको पहिलो तीन दिनमै २५० भन्दा बढी युनिट बुकिङ भएको बिवाइडीका आधिकारिक वितरक साइमेक्स इंकले जनाएको छ ।
नेपालकै सबैको पहुँचयोग्य अर्थात सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रूपमा रहेको सो इभिलाई नाडा अटो शो २०२५ को उद्घाटनको क्रममा सार्वजनिक गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बिवाइडी नेपालका ब्रान्ड एम्बेस्डर हरिबंश आचार्य तथा ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको विशेष उपस्थितिमा सार्वजनिक भएको यो गाडि सहज र सबैका लागि उपयुक्त मूल्यमा उपलब्ध हुने गाडि दाबी गरिएको छ ।
कम्पनीका अनुसार युवा व्यवसायी र परिवारको जीवनशैलीलाई लक्षित गरी कम्प्याक्ट डिजाइन, सहज ह्याण्डलिङ र एसयूभीको व्यवहारिकताको संयोजन नै हो बिवाइडीको एट्टो – २ ।
जसमा बिवाइडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर उपलब्ध छ, जसले गर्दा यो गाडीले कम्प्याक्ट एसयूभी प्याकेजमा पनि ठुलो कारको अनुभूति दिलाउँछ ।
कम्प्याक्ट र भर्सटाइल डिजाइन
कम्प्याक्ट र भर्सटाइल डिजाइनमा उपलब्ध बिवाइडी एट्टो २ मा दमदार एसयूभीको सुविधा रहेको छ । ४,३१० एमएम लम्बाइ, १,८३० एमएम चौडाई, १,६७५ एमएम उचाई र २,६२० एमएम ह्विलबेस सहित २०० एमएम ग्राउन्ड क्लियरेन्स भएकोले यो शहर तथा सहरोन्मुख सबै क्षेत्रका नेपाली सडकमा गुडाउन यो गाडि उपयुक्त रहेको छ ।
बिवाइडी एट्टो २ मा ५१.१३ किलोवाटको क्रान्तिकारी ब्लेड ब्याट्री छ, जसले सिंगल चार्जमा डब्लुएलटीपी अनुसार ३४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ। यसमा भएको १०० किलोवाटको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै लिन्छ ।
यसमा भएको डायनामिक एक्स्टेरियर डिजाइनमा फुल एलईडी हेडलाइट, एलईडी डे टाइम रनिङ लाइट, फ्लोटिङ रूफलाइन र एलईडी टेललाइट बार समावेश छ। यसकारण नै यो गाडी सडकमा बोल्ड र युथफुल देखिन्छ । पछाडि पुरै फैलिएको लाइट बारको माथि रहेको आकर्षक रूफ स्पोइलर अङ्ग्रेजी नम्बर ८ जस्तै देखिन्छ । ‘मोबियस इन्फिनिटी रिङ’ले असीमित शुभकामनाको प्रतीकको झलक दिन्छ ।
प्रमुख बुँदामा
लम्बाइ : ४,३१० मिमि
चौडाइ : १,८३० मिमि
उचाइ : १,६७५ मिमि
ह्विलबेस : २,६२० मिमि
ग्राउन्ड क्लियरेन्स : २०० मिमि
इन्टेलिजेन्ट फिचरसहितको प्रिमियम क्याबिन
बिवाइडी एट्टो २ को भित्रतिर रहेको सिन्थेटिक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, ६–वे पावर ड्राइभर सिट र ४–वे पावर प्यासेन्जर सिटले स्टाइल र व्यावहारिकताको संयोजन गराएको छ । फ्ल्याट इभि फ्लोर डिजाइन र ६०÷४० तरिकाले स्प्लिट गर्न सकिने रियर सिटले अतिरिक्त सामान राख्न मिल्ने गरी कार्गो फ्लेक्जिबिलिटीको सुविधा दिन्छ ।
बिवाइडी एट्टो २ मा उपलब्ध १२.८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटो, ८.८ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, भ्वाइस असिस्टेन्ट र वायरलेस स्मार्टफोन चार्जिङ जस्ता फिचरले प्रविधि अनुभवलाई केन्द्रमा राखेको छ ।
नयाँ बिवाइडी एट्टो २ बिवाइडीको विश्वप्रसिद्ध ब्लेड ब्याट्री तथा एड्भान्स्ड सेल–टु–बडी (सीटीबी) निर्माण प्रविधिका साथ आएको छ । जसले सुधारिएको स्पेस, एफिसियन्सी, बडी रिजिडिटी र प्यासेन्जर सेफ्टीका लागि ब्याट्री प्याकलाई सिधैँ च्यासिसमा एकीकृत गर्छ ।
कोबाल्ट र निकेलमुक्त ब्लेड ब्याट्रीमा लिथियम आइरन फस्फेट (एलएफपी) रसायनको प्रयोग हुन्छ । यो लामो समयसम्म टिकाउ, दीर्घकालसम्म प्रयोग गर्न सकिने तथा उच्च तापक्रममा पनि उपयुक्त हुन्छ । यी सबैका लागि यो ब्याट्रीले उद्योगकै कडा नेल पेनेट्रेसन टेस्ट सफलतापूर्वक पास गरिसकेको कम्पनीले जनाएको छ।
सुरक्षा र स्मार्ट टेक्नोलोजी
बिवाइडी एट्टो २ मा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध छ, जसमा एडेप्टिभ क्रुज कन्ट्रोल (एसीसी), लेन डिपार्चर वार्निङ र असिस्ट (एलडीडब्लु एन्ड एलडीए), ट्राफिक जाम असिस्ट (टीजेए), अटो इमर्जेन्सी ब्रेकिङ (एईबी), इन्टेलिजेन्ट स्पिड लिमिट कन्ट्रोल (आईएसएलसी) र राडार सेन्सर सहितको ३६० डिग्री भ्यु मोनिटर जस्ता फिचर उपलब्ध छन् ।
यसबाहेक ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), ट्रयाक्सन कन्ट्रोल (टीसीएस), हिल डिसेन्ट कन्ट्रोल (एचडीसी) र आईसोफिक्स एङ्कर लगायतले पुरै सुरक्षा सुनिश्चित गर्छन् ।
मुख्य फिचरहरू:
एडेप्टिभ क्रुज कन्ट्रोल (ACC)
लेन डिपार्चर वार्निङ र असिस्ट
ट्राफिक जाम असिस्ट
अटो इमर्जेन्सी ब्रेकिङ
इन्टेलिजेन्ट स्पिड लिमिट कन्ट्रोल
३६०° भ्यु मोनिटर
मूल्य, कलर र उपलब्धता
बिवाइडी एट्टो - २ हाल नेपालमा ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध छ । जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जर समेत समावेश छ । यो गाडि चार आकर्षक कलर अप्सन ब्रिज ग्रीन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइटमा उपलब्ध छ, जसको भित्री इन्टेरियरमा ब्ल्याक फिनिस रहेको छ ।
नेपाली बजारमा भित्रिएसँगै देशभरका बिवाइडी शोरुमहरूमा यसको बुकिङ समेत खुला गरिएको छ ।
नाडा ग्राहकका लागि अफर
साइमेक्स इंकले बिवाइडी एट्टो २ को एउटा भेरियन्ट मात्रै उपलब्ध भएको जनाएको छ । यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने किलोवाटको वाल–माउन्टेड चार्जरसमेत उपलब्ध हुनेछ । यसका साथै नाडा अटो शो २०२५ मा बुकिङ गर्ने ग्राहकहरूले निःशुल्क १ वर्षको अटो प्लस इन्सुरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको विस्तारित वारेन्टी, निःशुल्क एसेसरिज प्याकेज र निःशुल्क १० वर्ष सम्म बीवाईडी एप कनक्टिभिटी जस्ता फाइदा प्राप्त गर्न सक्ने छन् ।