images
Logo
images

नेपाल धितोपत्र बोर्डमा आनन्द राज शर्मा वाग्ले सदस्य नियुक्त

नेपाल धितोपत्र बोर्डमा आनन्द राज शर्मा वाग्ले सदस्य नियुक्त

शुक्रवार, भदौ ६ २०८२
शुक्रवार, भदौ ६ २०८२
  • नेपाल धितोपत्र बोर्डमा आनन्द राज शर्मा वाग्ले सदस्य नियुक्त

    काठमाडौँ  नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष आनन्दराज शर्मा वाग्ले नियुक्त भएका छन्। बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार वाग्लेलाई शपथ गराएका छन्। नवनियुक्त सदस्य वाग्लेलाई अन्य बोर्ड सदस्यहरू र उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका छन्।

    images
    images

    नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बोर्डमा प्रतिनिधित्व गर्ने व्यवस्था रहेकाले वाग्ले सदस्यका रूपमा मनोनयन भएका हुन्। धितोपत्र बोर्डको सञ्चालक समितिमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, उद्योग वाणिज्य महासंघबाट प्रत्येक संस्थाले एक–एक जना प्रतिनिधि राख्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय