images
Logo
images

हिमालयन इन्भेष्टमेन्ट बैंकरले एचएलआई लार्ज क्याप फण्ड निष्काशन गर्ने

हिमालयन इन्भेष्टमेन्ट बैंकरले एचएलआई लार्ज क्याप फण्ड निष्काशन गर्ने

शुक्रवार, भदौ ६ २०८२
शुक्रवार, भदौ ६ २०८२
  • हिमालयन इन्भेष्टमेन्ट बैंकरले एचएलआई लार्ज क्याप फण्ड निष्काशन गर्ने

    काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आफ्नो पहिलो बन्दमुखि योजना एचएलआई लार्ज क्याप फण्ड निष्काशन गर्न लागेको छ। 

    images
    images

    कम्पनीले ४ अर्ब रुपैयाँ बराबरको ४० करोड इकाईमा बाँडफाँट गर्दै, बीज पूँजीबापत ५० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरेको छ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई सर्वसाधारणका लागि खुला राखिएको छ।

    फण्डको आवेदन भदौ १५ गतेदेखि भदौ १८ गतेसम्म दिन सकिनेछ। न्यूनतम आवेदन १०० इकाई र अधिकतम ४ करोड इकाईसम्म राख्न सकिने व्यवस्था गरिएको छ। यदि भदौ १८ सम्म पर्याप्त आवेदन नआएमा आवेदन म्याद भदौ २९ गतेसम्म थप गरिनेछ।

    बिक्री खुला भएको अवधि र बोर्डबाट थप गरिएको अवधि भित्र कम्तीमा ५० प्रतिशत इकाई खरिदका लागि आवेदन प्राप्त भएमा मात्र बाँडफाँट हुनेछ। न्यूनतम सङ्ख्यामा इकाई बिक्री नभए योजना खारेज गरेर १५ दिनभित्र लगानीकर्तालाई रकम फिर्ता गरिनेछ।

    सो योजना हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुनेछ र यसको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष रहनेछ। फण्डमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवा बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरूमार्फत आवेदन दिन सक्नेछन्। 

    साथै, सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ। इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कोष प्रबर्द्धकलाई आईआरएन ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई आईआरएन एएमसी क्वालिटि ३ रेटिङ्ग प्रदान गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय