images
Logo
images

अलैँचीको निर्यात दोब्बरले बढ्यो

अलैँचीको निर्यात दोब्बरले बढ्यो

शुक्रवार, भदौ ६ २०८२
शुक्रवार, भदौ ६ २०८२
  • अलैँचीको निर्यात दोब्बरले बढ्यो

    मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९ दशमलव ५० प्रतिशतले बढेको छ ।

    images
    images

    कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनामा रु ३२ करोड १७ लाख ६१ हजार बराबरको अलैँची निर्यात भएको हो । 

    गत एक महिनाको अवधिमा २१६ दशमलव १५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । 

    अघिल्लो आव २०८१/ ८२ मा रु १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उनले बताए । 

    कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा चिया  निर्यात २६ दशमलव ८० प्रतिशतले घटेको छ।

    सो अवधिमा रु ३७ करोड ४८ लाख २४ हजार बराबरको चिया निर्यात भएको छ । 

    अघिल्लो आर्थिक वर्ष २०८१/ ८२ को सोही अवधिमा रु ५१ करोड २२ लाख ७८ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । 

    कार्यालयको तथ्याङ्क अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा भेनियर सिट ३० दशमलव ४० प्रतिशत, छुर्पी ९२ प्रतिशत, धातुका अन्य अवशेष शत् प्रतिशत, काउली, ब्रोकाउली र बन्दाकोपी ८९ प्रतिशतले वृद्धि भएको छ। 

    यसैगरी, प्लाइउड ५४ दशमलव १० प्रतिशत, अदुवा ५७ दशमलव ४० प्रतिशत, अम्रिसो शून्य दशमदव ६० प्रतिशतले निर्यातमा कमी आएको छ ।

    मेची भन्सारबाट आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा रु तीन अर्ब ६९ करोड ४० लाख २३  हजारको मालवस्तु निर्यात भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय