क्यासिनोबारे नकारात्मक धारणालाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने

क्यासिनोबारे नकारात्मक धारणालाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने

बिहिवार, साउन २९ २०८२
बिहिवार, साउन २९ २०८२
  • क्यासिनोबारे नकारात्मक धारणालाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने

    काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणसम्बन्धी नीतिगत सुधार, नियमन र सहजीकरणका लागि सरोकारवालाको सुझाव अपरिहार्य हुने बताएका छन् ।

    images
    images

    विहीबार पर्वतारोहण सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा पूर्वतयारी छलफल कार्यक्रममा बोल्दै उनले पर्वतारोहणको इतिहासलाई दस्तावेजबद्ध गर्ने र आन्तरिक–बाह्य चुनौतीको समाधानका लागि एकीकृत सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

    मन्त्री पाण्डेले जलवायु परिवर्तनका असरबाट हिमाल जोगाउन अन्तर्राष्ट्रिय सहकार्य जारी रहेको उल्लेख गर्दै, ‘हिमालकै कारण नेपाल चिनिन्छ, त्यसैले यसको संरक्षण हाम्रो दायित्व हो ’ भने । उनले पर्यटन प्रहरीको सेवा, आरोहण संघको योगदान र विदेशी पाहुनासँगको व्यवहारबाट नेपालको छवि निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

    क्यासिनोबारे समाजमा बनाइएका नकारात्मक धारणालाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने उनको भनाई थियो । ‘राम्रो र नराम्रो पक्ष छुट्याउनुपर्छ, विकृति–विसंगति हटाउनुपर्छ,’ भन्दै उनले अस्वस्थ प्रतिस्पर्धा र व्यक्तिगत स्वार्थका कारण मुलुक बदनाम हुने घटनाप्रति चिन्ता व्यक्त गरे ।

    उनका अनुसार, कुनै पनि क्षेत्रलाई अघि बढाउन सैद्धान्तिक र नीतिगत आधारमा कानुन निर्माण आवश्यक हुन्छ । निषेधित क्षेत्र घोषणा गर्ने समयमा रहेको वास्तविकता बुझ्नुपर्ने र त्यसको मार अझै पनि परिरहेको उदाहरण उनले प्रस्तुत गरे । 

    त्यस्तै पर्यटन विभागका महानिर्देशक डा नारायण रेग्मीले कर्णाली र सुदूरपश्चिम प्रदेशका ९७ वटा हिमाल आरोहणका लागि रोयल्टि छुट गरेको जानकारी दिँदै सरकारको उक्त कार्यले कर्णाली र सुदूरपश्चिमका हिमालको प्रचारप्रसार मात्रै नभई उक्त क्षेत्रमा पर्यटनको ढोका समेत खोलिने दाबी गरे । 

    ‘हामी सबैसँग सहकार्य गरेर मात्र पर्वतारोहण र हिमाल संरक्षणको लक्ष्य पूरा गर्न सक्छौं,’ उनले भने ।  कार्यक्रममा पर्वतारोहण सम्बन्धि तथ्य,तथ्यांक नामक पुस्तक विमोचन समेत गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय