समृद्धि फाइनान्सको वित्तीय विवरण सुधार, चौथो त्रयमासमा रु ३.१९ करोड नाफा

समृद्धि फाइनान्सको वित्तीय विवरण सुधार, चौथो त्रयमासमा रु ३.१९ करोड नाफा

बिहिवार, साउन २९ २०८२
बिहिवार, साउन २९ २०८२
  • समृद्धि फाइनान्सको वित्तीय विवरण सुधार, चौथो त्रयमासमा रु ३.१९ करोड नाफा

    समृद्धि फाइनान्स लिमिटेडले प्रकाशन गरेको वित्तीय विवरणले सुधारको आशा देखाएको देखिन्छ । पोखरा फाइनान्ससँग मर्जर सम्झौता गरेको फाइनान्सले आगामी दिनमा कसरी अघि बढ्नेछ सबै ग्राहकहरुको चासोको विषय थियो । 

    images
    images

    लामो समयदेखि नोक्सानीमा रहेको फाइनान्सले चौथो त्रयमासमा रु ३.१९ करोड नाफा कमाएको छ । यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको देखिन्छ । भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भयो । 

    उच्च रुपमा रहेको निष्कृय कर्जा एकल अंकमा ल्याउन सफल भएको । अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी रु ३.९० रहेको छ ।

    सानो व्यवसाकिय आकारले गर्दा सञ्चालन नोक्सानीमा रहनु एवं उच्च मात्रामा निष्कृय कर्जा रहेकोमा क्रमिक रुपमा व्यवसाय वृद्धि गर्दै संस्था सञ्चालन मुनाफामा लैजाने दृढ अठोट संस्थाले लिएको छ ।

    पोखरा फाइनान्ससँग मर्जर सम्झौता गरेको फाइनान्सले आगामी दिनमा अझ दरिलो, विश्वासिलो एवं सुदृढ फाइनान्सको रुपमा स्थापित भई सेयरधनीलाई उच्चतम लाभाशं प्रदान गर्ने अठोट लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय