नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

आइतवार, साउन २५ २०८२
आइतवार, साउन २५ २०८२
  • नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

    काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुर्बहादुर चन्दले जर्सी सार्वजनिक गरेका हुन् ।

    images
    images

    नेपाली गार्मेन्टमा उत्पादित जर्सीलाई सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले प्रायोजन गरेको छ । नीलो रंगको जर्सीको कलर र बाउलाको बोर्डरमा सुन्तला कलर राखिएको छ ।
    दुवैतर्फको काँधमा राष्ट्रिय झण्डा राखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने खेलमा अब यही जर्सी लगाउने छन् । जर्सी सार्वजनिक कार्यक्रममा नेपाली क्रिकेट टोलीका खेलाडीहरू उपस्थित थिए ।

    यसैगरी क्यानले अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ । टप एण्ड टी–२० सिरिज खेल्ने टोलीको बिदाइ गरेको हो । टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । उक्त सिरिज अगष्ट १४ देखि २४ सम्म डार्विनमा हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय