विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन माग

विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन माग

आइतवार, साउन २५ २०८२
आइतवार, साउन २५ २०८२
  • विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन माग

    काठमाडौँ / निजी विद्यालय सञ्चालकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् । 

    images
    images

    आज निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय शिक्षक विधेयकबाट उक्त व्यवस्था हटाउन माग गरेका हुन् । 

    प्याब्सनका महासचिव आरबी कटुवालले भने “विधेयकमा निजी लगानीमा सञ्चालित विद्यालयलाई क्रमशः गैरनाफामुलक बनाउँदै लैजाने प्रावधान, २०५८ सालमा सरकारले कम्पनी कानुन बमोजिम सञ्चालन गर्न दिने गरी गरेको कानुनी व्यवस्था विपरीत छ ।”  

    उनले विधेयकमा पूर्ण छात्रवृत्ति शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शैक्षिक सामग्री, पोसाक, यातायातलगायतका सेवा उपलब्ध गराउनुपर्ने भन्ने विषय कम्पनी कानुनको भावना र मर्म विपरीत रहेको दाबी गरे । 

    उनीहरुले यही साउन २८ गतेभित्र आफ्ना माग सम्बोधन नभए साउन २९ गतेदेखि आन्दोलन गर्ने समेत जानकारी गराएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय