कैलाली कारागार घटना : गृहमन्त्री लेखकले छलफलका लागि सुरक्षा निकायका प्रमुख बोलाए

कैलाली कारागार घटना : गृहमन्त्री लेखकले छलफलका लागि सुरक्षा निकायका प्रमुख बोलाए

शनिवार, साउन २४ २०८२
शनिवार, साउन २४ २०८२
  • कैलाली कारागार घटना : गृहमन्त्री लेखकले छलफलका लागि सुरक्षा निकायका प्रमुख बोलाए

    काठमाडौँ / कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन् ।

    images
    images

    कैदीबन्दीबिच झडपपछि उत्पन्न परिस्थितीका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार बेलुकी ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन् । 

    कैदीबन्दीबिच गएराति एकआपसमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरुको धनगढीमै उपचार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय