आज वि.सं. २०८२ साल साउन २४ गते, शनिबार तदनुसार ईश्वी सन् २०२५ अगष्ट ९ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, पूर्णिमा तिथी, दिउँसो १ः२८ बजेपछि प्रतिपदा, श्रवण नक्षत्र, दिउँसो ३ः३२ बजेपछि धनिष्ठा, आनन्दादिमा–स्थिर योग, चन्द्रराशि–मकर, आज जनै पूर्णिमा, रक्षा बन्धन, क्वाति खाने दिन, पूर्णिमा व्रत, ऋषितर्पणी, संस्कृत दिवस, अन्तर्राष्ट्रिय आदिवासी दिवस, अन्तर्राष्ट्रिय भू संरक्षण दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज मिहिनेत र रचनात्मक कार्यले व्यापार तथा पेशामा उल्लेख्य फाइदा दिलाउनेछ। सहयोगीहरूको साथ र नयाँ अवसरले आम्दानीका बाटा फराकिला बनाउनेछन्। आर्थिक लाभ, उपहार प्राप्ति र भौतिक स्रोत विस्तारको सम्भावना छ। लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण रहन सक्छ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ रोजगारी र लगानीका अवसर मिल्नेछन्। वित्तीय, हार्डवेयर र निर्माण सामग्री क्षेत्रमा गरिएको लगानीबाट अपेक्षित आम्दानी प्राप्त हुनेछ। सहयोग र भेटघाटबाट व्यवसायिक सम्भावना बढ्नेछ। रोकिएका काम सम्पन्न भई विशेष जिम्मेवारी हात लाग्नेछ। मिहिनेतले लक्ष्यमा पुर्याउँदै आर्थिक स्थिति मजबुत बनाउन मद्दत गर्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार वा रोजगारीमा अवसर देखिए पनि लाभांश सीमित रहन सक्छ। लगानी अघि पर्याप्त तयारी आवश्यक छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। वैदेशिक रोजगारीमा सफलता सम्भव छ। गोप्यता भंग र विवादको सम्भावना भएकाले सावधानी अपनाउनु जरुरी छ। स्वास्थ्यले असर गर्दा आर्थिक प्रगति ढिलो हुन सक्छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आम्दानी बढाउने नयाँ काम सुरु गर्न अनुकूल समय छ। साथीभाइको सहयोगले व्यवसायिक यात्रा र अवसरहरू सफल बन्न सक्छन्। विगतका कमजोरी सुधार्दै लगानी र व्यापारमा वृद्धि गर्न सकिनेछ। धार्मिक सामग्रीको व्यापारमा लाभ हुनेछ, तर आतिथ्य खर्च बढ्न सक्छ। भौतिक सम्पत्तिको उपयोगले व्यवसायिक प्रभाव विस्तार हुनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पुराना योजनाहरू पूरा गर्दै अड्केका काम सम्पन्न हुनेछन्। प्रयत्नले नयाँ अवसर र मनग्गे फाइदा दिलाउनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै व्यापारिक हैसियत बलियो बन्न सक्छ। धार्मिक सामग्रीको व्यापारमा लगानी वृद्धि भई आम्दानी बढ्नेछ। सहयोगीहरूबाट व्यवसायिक सहयोग पाइनेछ, जसले भविष्यका लागि स्थायी आधार तयार गर्नेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार, पशुपालन र कृषि क्षेत्रमा राम्रो लाभ प्राप्त हुनेछ। योजना अनुसार काम अघि बढाउँदा सफलता र स्थायी आम्दानी सम्भव छ। बौद्धिक र सिर्जनात्मक क्षेत्रमा नाम र दाम दुवै कमाउने अवसर मिल्नेछ। सन्तान वा अनुयायीको सहयोगले व्यवसायिक जोश बढ्नेछ। निरन्तर मिहिनेतले विगतका कर्मको सकारात्मक प्रतिफल दिलाउनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापारमा लगानीका लागि केही दिन पर्खनु उचित हुनेछ। हतारमा निर्णय गर्दा दीर्घकालीन समस्या पर्न सक्छ, त्यसैले सावधानी आवश्यक छ। कृषि र पशुपालन व्यवसायबाट आम्दानी सम्भव छ। तत्कालको फाइदा भन्दा दीर्घकालीन स्थायित्वमा ध्यान दिनुपर्छ। साथीभाइ वा सहयोगीहरूसँग असमझदारी कम गर्न व्यवसायिक सम्बन्ध सचेत रूपमा व्यवस्थापन गर्नुपर्छ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सानो प्रयत्नले पनि लाभका नयाँ अवसर खुल्नेछन्। दाजुभाइ तथा आफन्तको सहयोगले व्यापारमा लगानी भई मनग्गे धनलाभ हुनेछ। लगानी दिगो फाइदामा परिणत हुनेछ। प्रतिस्पर्धामा विजय प्राप्त गर्दै व्यवसायिक लाभ बढाउन सकिनेछ। मिहिनेत र सतर्कताले दैनिकी सुधारिनेछ, शत्रु र प्रतिस्पर्धीलाई पछि पार्दै आर्थिक स्थिति मजबुत बन्नेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धैर्य र पराक्रमले नयाँ व्यवसायिक अवसर ल्याउनेछन्। आम्दानीका स्रोत बढ्ने र दिगो फाइदा हुने लगानी गर्न सकिने समय हो। बोली र संवादबाट आर्थिक क्रियाकलापमा लाभ हुनेछ। बौद्धिक र सिर्जनात्मक क्षेत्रमा प्रशस्त आम्दानी हुने सम्भावना छ। पारिवारिक सहयोगले व्यापारमा सफलतालाई थप बल मिल्नेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यवसायमा लगानी गरी दिगो लाभ र कारोबार विस्तार सम्भव छ। पशुपालनबाट पनि आम्दानी बढ्नेछ। सहयोगीहरूको साथले व्यवसायिक जोश बढ्नेछ। भौतिक सम्पत्ति र सवारी साधन प्राप्त हुने योग छ। सामाजिक मान प्रतिष्ठा वृद्धि भई नयाँ कामको अवसर आउनेछ। विगतका कमजोरी सुधार्दै आर्थिक स्थिति मजबुत बनाउन सकिनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
वैदेशिक रोजगारी र शेयर बजारबाट आम्दानी बढ्नेछ। व्यापारमा सुझबुझपूर्ण लगानी आवश्यक छ। आकस्मिक खर्चले आर्थिक अभाव आउन सक्छ। छिमेकसँग असमझदारी र स्वास्थ्य समस्याले ध्यान दिनुपर्छ। लामो दुरीको विदेश यात्रा सम्भावना छ। समय व्यवस्थापनले व्यवसाय र अध्ययनमा सफलता दिलाउनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ कार्यमा सहयोगले सफलता र आम्दानीका नयाँ स्रोत खुल्नेछन्। कृषि, पशुपालन र व्यापारबाट मनग्गे फाइदा हुनेछ। चल(अचल सम्पत्ति उपयोगले दिगो लाभ दिलाउनेछ। शेयर बजार र धार्मिक सामग्री व्यापारमा पनि नाफा सम्भव छ। पढाइमा सफल भई नयाँ अवसर प्राप्त हुनेछ। माया प्रेम र मनोरञ्जनले जीवन सुमधुर हुनेछ।