सेयर बजार : नेप्से परिसूचक उच्च अङ्कको गिरावट, घट्यो कारोबार रकम पनि

सेयर बजार : नेप्से परिसूचक उच्च अङ्कको गिरावट, घट्यो कारोबार रकम पनि

मंगलवार, साउन २० २०८२
मंगलवार, साउन २० २०८२
  • सेयर बजार : नेप्से परिसूचक उच्च अङ्कको गिरावट, घट्यो कारोबार रकम पनि

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्स (नेप्से) परिसूचक ४१.३५ अङ्क अर्थात १.४३ प्रतिशतले घटेको छ । अघिल्लो कारोबार दिन १६ अङ्कले बढेर २८७५  बिन्दुमा पुगेको सेयर बजार आज घटेर २८३३.५७ को बिन्दुमा झरेको हो ।

    images
    images

    यो दिन सेन्सेटिभ इन्डेक्स ६.४६ अङ्क, फ्लट इन्डेक्स २.७४ अङ्क र सेन्सेटिभ फ्लट इन्डेक्स २.२१ अङ्कले घटेको छ ।

    आजको कारोबारमा ३२५ कम्पनीको २ करोड २२ लाख सात हजार १४२ कित्ता सेयर १ करोड ३० लाख ९५३ पटक खरिदबिक्री हुँदा ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । 

    यसैगरी, लघुवित्त समूह ०.४४ र म्युचुअल फन्ड ०.१७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ १.०८, विकास बैंक २.४६, वित्त १.८५, होटल तथा पर्यटन ०.९९, जलविद्युत् १.७१ र जीवन बिमा १.४२ प्रतिशतले घटेको छ ।

    त्यसैगरी उत्पादन तथा प्रशोधन १.६३, निर्जीवन बिमा १.२०, व्यापार १.८५ र अन्य समूह २.७६ प्रतिशतले घटेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    यता, थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । ट्रेड टावरको सेयर मूल्यमा आज पनि उच्च गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य आज ७.३५ प्रतिशतले घटेको छ भने लुम्बिनी विकास बैंकको सेयर मूल्य ५.४० प्रतिशतले घटेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय