डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । एक्टिभ डिशहोम ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्न कम्पनीले उक्त कार्ड सार्वजनिक गरेको हो ।
अब ‘माइ डिशहोम एप’मा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएका छन्, जसले ग्राहकहरूलाई उत्कृष्ट अफरहरू उपलब्ध गराउँछन् ।
सुरुवाती साझेदारहरू बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन ( निर्धारित आउटलेटहरूमा) सिद्धार्थ हस्पिटालिटी ग्रुप (होटल, रिसोर्ट, कटीज, रेस्टुरेन्ट र क्याफे)को महेन्द्रनगर, सुर्खेत, चिसापानी, भैरहवा, सौराहा (चितवन), चुम्लिङटार (चितवन), बौद्ध (काठमाडौँ), नेपालगञ्ज, बिर्तामोड, नारायणगढ, बुटवल, टिकापुर (कैलाली), सुन्धारा (काठमाडौँ), नुवाकोट, दमौली, टिंकुने, ललितपुर, पुरानो बानेश्वर, धोम्बोजी (नेपालगञ्ज), मनमोहन (काठमाडौँमा), महाराजगञ्जमा छुट सुविधा रहेको छ । यसैगरी होटल ले हिमालय (काठमाडौँ, लेक साइड रिट्रिट (पोखरा), इला कम्फर्ट होटल्स एण्ड रिसोट्र्स (हरकपुर, मौलाकाली, बाग्लुङ), मेलुङ ठकाली (सबै आउटलेट), साकी एण्ड फेङ रेस्टुरेन्ट (काठमाडौँ) लुम्बिनी केबलकार (बुटवल), मौलाकाली केबलकार (गैडाकोट चितवन र अचार घर (कमलपोखरी, कुपन्डोल) ललितपुरमा पनि छुट सुविधा रहेको कम्पनीले जनाएको छ ।
“भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ,” डिशहोमकी सिइओ तराा मानन्धरले भनिन् ।
डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूमा विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत अझ धेरै अफर र श्रेणीहरू समावेश गरिनेछ।
सक्रिय ग्राहकहरूले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एप ९प्ले स्टोर वा एप स्टोर बाट डाउनलोड गरी० बाट प्रयोग गरी साझेदार आउटलेटहरूमा देखाएर छुट प्राप्त गर्न सक्नेछन्।