नाडा अटो शो भदौ ३ गतेदेखि, अटो उद्योगमा प्रविधि, नवप्रवर्तन र सम्भावना एकै ठाउँ देख्न सकिने

नाडा अटो शो भदौ ३ गतेदेखि, अटो उद्योगमा प्रविधि, नवप्रवर्तन र सम्भावना एकै ठाउँ देख्न सकिने

मंगलवार, साउन २० २०८२
मंगलवार, साउन २० २०८२
  • नाडा अटो शो भदौ ३ गतेदेखि, अटो उद्योगमा प्रविधि, नवप्रवर्तन र सम्भावना एकै ठाउँ देख्न सकिने

    काठमाडौँ / नेपालका अटो प्रेमीहरूका लागि बहुप्रतिक्षित नाडा अटो शो २०२५ भदौ ३ गतेबाट सुरु हुने भएको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो हुने भएको हो । 

    images
    images

    युनिट्रिको प्रस्तुतिमा हुने नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्नेछन् । ‘Go For More’ नारासहित आयोजना हुने यस वर्षको अटो शो केवल नयाँ गाडी हेर्ने ठाउँ मात्र नभई नेपालमा स्मार्ट, दिगो र भविष्यमुखी मोबिलिटीको प्रतीक बन्ने विश्वास लिइएको छ। 

    प्रदर्शनीले ग्राहक संलग्नता, प्रविधिको प्रर्दशन र सम्पूर्ण अटोमोबाइल इकोसिस्टमलाई एउटै छानामुनि ल्याउने दाबी गरिएको छ।

    नाडा अटो शो २०२५ मा नवीनतम प्रविधिहरू प्रस्तुत गरिनेछन्, जसमा UNITREE का चारपांग्रे स्वचालन र बुद्धिमत्ताको नयाँ युगेको प्रतीक स्वरूप उन्नत चारपांग्रे रोबोटहरू र भविष्यको हवाई यातायातको संकेत दिने Deepal VTOL UAV मुख्य आकर्षण हुनेछन्। 

    यी प्रविधिहरूले नेपालको अटोमोटिभ क्षेत्रमा नयाँ युगको संकेत दिने विश्वास गरिएको छ।

    शोमा १९ वटा चारपांग्रे सवारी ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, साथै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक गरी ३५ कम्पनीहरूको सहभागिता रहनेछ। यसबाहेक नाडा अटो शोमा १२५ भन्दा बढी प्रदर्शकहरू रहने र १ लाखभन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ।

     ३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२ हजार ५ सय वर्गफुट प्रर्दशी क्षेत्रसहित यो नेपालको सबैभन्दा ठुलो अटो शो भएको आयोजकको दावी छ । 

    कार्यक्रमको व्यवस्थापनका लागि Title Sponsor UNITREE (MAW Vriddhi), Co-Sponsor Shikhar Insurance, Powered By Campa Cola, Mobility Partner Yango र Exclusive Ticketing Partner Khalti  रहेका छन्।

    नाडा अटो शो अवलोकन गर्नका लागि खल्ती एपमार्फत टिकट बुक गर्दा भदौ २ गतेसम्म २० प्रतिशत क्यासब्याक पाइनेछ। 

    अन्य साझेदारहरूमा WorldLink (Internet Partner), CCTV Nepal (Surveillance), Himalayan Safety Solutions (Fire Safety), KIST Hospital, The Plaza (Hospitality) र Nepal Lube Oil Ltd. (Door Prize Sponsor) रहेका छन्।

    मेलालाई व्यवस्थित गर्न सुविधाजनक जोन विभाजन गरिनेछ । जसमा चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स र वित्तीय सेवाहरूको छुट्टाछुट्टै क्षेत्र हुनेछ। 

    मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, आपतकालीन स्वास्थ्य टोली र सुरक्षा निगरानी व्यवस्थाहरू समेत समावेश गरिने आयोजकले जनाएको छ । 

    शोका प्रमुख आकर्षणहरूमा विन्टेज मोटर शो (Morris Minor, Fiat, Peugeot, Beetle, Mini Cooper, Mercedes Benz, आदि), : Made in Nepal Pavilion (स्वदेशी सवारी तथा पार्ट्स), र International Business Pavilion (अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवर्द्धन) छन्। 

    यसका साथै, सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रमहरू पनि आयोजना गरिनेछ जसले EV, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित रहनेछ।

    हरेक दिन लक्की विजेताको घोषणा गरिनेछ जसमा Nepal Lube Oil Ltd. को तर्फबाट एक वर्ष निःशुल्क ल्युब्रिकेन्ट सेवा प्रदान गरिनेछ।

    १६ संस्करणसम्म आइपुगेको नाडा अटो शोले आफैँलाई तथ्य, निरन्तरता र विश्वासको आधारमा ‘नेपालको अटो उद्योगको सबैभन्दा ठूलो मञ्च’का रूपमा स्थापित गरिसकेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष तथा नाडा अटो शो २०२५ का सभापति करण चौधरीले बताए । उनले भने, “विभिन्न अग्रणी ब्रान्डहरूको सहभागिता र लाखौँ दर्शकहरूको समर्थनले यसलाई थप मजबुत बनाएको छ।” 

    नाडा अटो शो २०२५ केवल प्रदर्शनी मात्र नभई, एक अनुभव भएको उनको भनाई छ । नवप्रवर्तन हेर्न चाहने उपभोक्ता, प्रविधिप्रेमी, व्यवसायी वा विश्लेषकका लागि यो अनिवार्य गन्तव्य भएको उल्लेख गर्दै उनले भने “नवप्रवर्तन अनुभव गर्नुहोस्, सम्भावनाहरू अन्वेषण गर्नुहोस्।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय