एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट

मंगलवार, साउन २० २०८२
मंगलवार, साउन २० २०८२
  • एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट

    काठमाडौँ / एनआईसी एशिया बैंकका ग्राहकहरूले नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.– फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरूमा विशेष छुट पाउने भएका छन् । 

    images
    images

    बैंक र उक्त हस्पिटलबिच विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएसँगै बैंकका ग्राहकहरूले छुट सुविधा पाउने भएका हुन् । 

    सो समझदारीसँगै बैंकका ग्राहकहरूले पुरानो बानेश्वर, काठमाडौँमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । 

    उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरे । 

    सो सुविधाको उपभोग गर्न ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । 

    फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास रहेको बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय