सानिमा बैंक र पाटन अस्पतालबिच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

सानिमा बैंक र पाटन अस्पतालबिच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

मंगलवार, साउन २० २०८२
मंगलवार, साउन २० २०८२
  • सानिमा बैंक र पाटन अस्पतालबिच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

    काठमाडौँ / सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

    images
    images

    बैंकले २०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि उक्त अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ । 

    सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ खोले बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएकोे छ । सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको छ ।

    पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बंैकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

    सानिमा बंैकको देशका सातै प्रदेशमा १३४ कार्यालय र १२७ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय