व्यवसायी प्रसाई २८ लाख धरौटीमा रिहा

व्यवसायी प्रसाई २८ लाख धरौटीमा रिहा

मंगलवार, साउन २० २०८२
मंगलवार, साउन २० २०८२
  • व्यवसायी प्रसाई २८ लाख धरौटीमा रिहा

    काठमाडौँ / पाटन उच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट रिहाइ भएका छन् । सोमबार सो अदालतले दुई वटा मुद्दामा प्रसाईसँग रु २८ लाख धरौटी माग गरेको थियो ।

    images
    images

    उच्च अदालतले प्रसाईलाई तीनकुने घटनाका सम्बन्धमा रु तीन लाख र बैंकिङ कसुर मुद्दामा रु २५ लाख धरौटी माग गरेको थियो । अदालती प्रक्रिया पूरा भएपछि कारागारले सोमबार राति प्रसाईलाई रिहा गरेको हो ।

    पाटन उच्च अदालतका न्यायाधीशद्वय टङ्कप्रसाद गुरुङ र डिल्लीराज श्रेष्ठको संयुक्त इजलाशले प्रसाईसहित सुशील बराल, डण्डपाणि रेग्मी, तारा राजावादी भन्ने सरोज गौतमलाई धरौटी माग गरेको थियो ।

    काठमाडौँ जिल्ला अदालतले यसअघि प्रसाईलाई राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, बज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध प्रसाईले उच्च अदालतमा निवेदन दिएका थिए । 

    त्यस्तै, पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलाशले पनि बैंकिङ कसुर मुद्दामा धरौटी माग गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय