images
Logo
images

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबिच सेवा विस्तारको लागि समझदारी, बन्यो भारतबाट भुक्तानी गर्न मिल्ने पहिलो विकास बैंक

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबिच सेवा विस्तारको लागि समझदारी, बन्यो भारतबाट भुक्तानी गर्न मिल्ने पहिलो विकास बैंक

आइतवार, साउन १८ २०८२
आइतवार, साउन १८ २०८२
  • महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबिच सेवा विस्तारको लागि समझदारी, बन्यो भारतबाट भुक्तानी गर्न मिल्ने पहिलो विकास बैंक

    काठमाडौँ / महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एच.डी.एफ.सी बैंकबीच सीमा–पार वित्तीय सेवाहरूलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारीअन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरूले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो ।

    images
    images

    यससँगै भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पूर्ण प्रक्रियागत कार्य गरी परिक्षण कारोबार समेत गरिसकेका छन् । 

    सोअन्तर्गत महालक्ष्मी विकास बैंकको एच.डी.एफ.सी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवाअन्तर्गत सि.एम.एस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा पहुँच प्राप्त हुनेछ जसले गर्दा कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरू जस्तै नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर रियल टाईम ग्रस सेटलमेन्ट र फण्ड ट्रान्सफरको प्रयोग गरी भारतको एच.डी.एफ.सी बैंकमार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधैँ रकम जम्मा गर्न सक्नेछन् । 

    साथै भारतमा रहेका अन्य बैंकहरूको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिनेछ । एच.डी.एफ.सी बैंकसँगको सम्झौतासँगै नेपाल र भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटयान्समा संलग्न ग्राहकहरूलाई सहज, प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

    साथै, यो प्रणालीको प्रयोगसँगै बैंकले ग्राहकहरूलाई गरेको डिजिटल नवप्रवर्तन र सेवा विस्तारको प्रतिबद्धतामा समेत सहयोग पुग्नेछ । हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप ‘महालक्ष्मी स्मार्ट साथी’मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ ।

    ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र ८ लाख ग्राहकहरू रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय