images
Logo
images

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

आइतवार, साउन १८ २०८२
आइतवार, साउन १८ २०८२
  • प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जाँदै छन् ।
    भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज तुर्कमेनिस्तान जान लागेका हुन् । 

    images
    images

    प्रधानमन्त्री ओलीको भ्रमण सम्मेलन ५ देखि ८ अगस्ट २०२५ सम्म तुर्कमेनिस्तानको अवाजामा आयोजना हुने बताएको छ ।ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले सम्मेलनमा आमन्त्रित गरेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै उनले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्ष र राष्ट्रिय हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेकोे छ ।

    प्रधानमन्त्री ओली अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय