आइतबारको राशिफल : आम्दानी र खर्चका हिसाबले तपाईँको समय कस्तो चल्दैछ ?

आइतबारको राशिफल : आम्दानी र खर्चका हिसाबले तपाईँको समय कस्तो चल्दैछ ?

आइतवार, साउन १८ २०८२
आइतवार, साउन १८ २०८२
  • आइतबारको राशिफल : आम्दानी र खर्चका हिसाबले तपाईँको समय कस्तो चल्दैछ ?

    आज वि.संं २०८२ साल साउन १८ गते, आइतबार तदनुसार ईश्वी सन् २०२५ अगष्ट ३ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, नवमी तिथी, बिहान ८ः०२ बजेपछि दशमी, विशाखा नक्षत्र, बिहान ६ः१२ बजेपछि अनुराधा, आनन्दादिमा–उत्पात योग, चन्द्रराशि–बृश्चिक ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापार र शेयर बजारमा सोचविचारपूर्वक लगानी गर्नुहोस्, समय मध्यम छ। आर्थिक व्यवस्थापन कमजोर हुँदा समस्या बढ्न सक्छ। पारिवारिक तनाव र आफन्तबीच विवादले असर पार्न सक्छ। सेवामूलक कार्यबाट प्रतिष्ठा बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा सफलता मिल्ने सम्भावना छ। धैर्य र समझदारीले आर्थिक लाभ लिन सकिनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    व्यापार र वित्तीय क्षेत्रबाट आम्दानी बढ्नेछ। बिलासी वस्तु र सम्पत्ति प्राप्त हुने सम्भावना छ। काममा साथीको सहयोगले आर्थिक फाइदा हुनेछ। आम्दानी बढाउने नयाँ काम सुरु गर्न सकिनेछ। रमाइलो यात्रासँगै उपहार र सत्कार पाइनेछ। विगतको सफलताले हौसला दिनेछ। सोचविचार बिना अरुको भर नपर्नुहोस्। जीवनशैली समृद्ध र आनन्दमय रहनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापार, उद्योग र शेयर बजारमा लाभ मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। प्रविधिको प्रयोगले आर्थिक सञ्जाल विस्तार हुनेछ। नयाँ कार्य सुरु गर्न अनुकूल समय हो। विगतको सफलताले हौसला दिनेछ। प्रयत्नले लक्ष्य भेटिनेछ। थोरै लाभले ठूलो आवश्यकता टर्नेछ। दिगो फाइदा हुने अवसर प्राप्त हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    शिक्षा तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ। शिक्षा क्षेत्रसम्बन्धी लगानीबाट लाभ पाइनेछ। पुरस्कार, सम्मान र उपहार प्राप्त हुने सम्भावना छ। सन्तान र आफन्तको सहयोगले आत्मबल बढ्नेछ। भौतिक साधन जुट्नेछन्। मेहनतले प्रतिष्ठित अवसरहरू दिलाउनेछ। सोचेजस्तो सफलता नआउला तर प्रयत्नले फाइदा मिल्नेछ। आहारविहारमा सावधानी अपनाउनुहोस्, दिगो लाभको मार्ग खुल्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    कृषि, शेयर बजार र पशुपालनबाट आम्दानी बढ्नेछ। व्यापारमा जीवनसाथीको सल्लाह लाभदायी हुनेछ। आयस्रोत विस्तार भई नयाँ कार्यतर्फ आकर्षण बढ्नेछ। घरजग्गामा मन्दी आउन सक्छ। विश्वासघात, असमझदारी र बेसुरमा वचनले समस्या निम्त्याउन सक्छ। सजग रहनु आवश्यक छ। कठिन काम हिम्मतले सम्पन्न हुनेछ। शुभचिन्तक टाढिन सक्ने भएकाले आर्थिक निर्णयमा होशियार हुनुहोस्।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापार र शेयर बजारमा अध्ययनसहितको लगानीले आम्दानी बढाउनेछ। उद्योग तथा कर्मयोगले दाम, नाम र इनाम दिलाउनेछ। मित्र र अग्रजको सहयोगले आयस्रोत विस्तार हुनेछ। प्रतिस्पर्धी पछि हट्नेछन्। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। न्यायिक निर्णय लाभदायक हुनेछ। कला, साहित्य र शिक्षामा सफलता मिल्नेछ। मिहिनेतले आर्थिक उचाइमा पुर्याउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यवसायमा नयाँ लगानीबाट प्रशस्त धन र भौतिक सम्पत्ति जुट्नेछ। सञ्चार, काउन्सेलिङ, मोटिभेसन क्षेत्रमा लाभ मिल्नेछ। आम्दानी बढेर उत्साह बढ्नेछ। पहिलाका रोकिएका काम बन्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। धैर्य र लगनले मात्र सफलता मिल्नेछ। कामको व्यवस्थापन नमिल्दा अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य र वाणीमा सजग रहनु उपयुक्त हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार, शेयर बजार र उद्योगमा लगानीबाट मनग्गे आम्दानी हुनेछ। नोकरी र वैदेशिक रोजगारमा सफलता मिल्ने सम्भावना छ। नयाँ कामको प्रस्ताव आउनेछ। सहयोगीहरू भेटिनेछन्। केही काम दोहोर्याउनुपर्ला। स्वास्थ्यमा सजग रहनु आवश्यक छ। सामाजिक तथा पारिवारिक भेटघाटले मन प्रसन्न हुनेछ। मेहनत र सुझबुझले मानसम्मान आर्जन हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    लगानी र प्रयत्नको उचित मूल्य नपाउने समय छ, नयाँ काम थोरै पर्खनुहोस्। व्यापारमा सफलता र लाभदायी अनुबन्ध आउनेछन्। आकस्मिक खर्चले समस्या देखिन सक्छ। स्वास्थ्य र यात्रामा सावधानी आवश्यक छ। व्यवसायमा थप लगानी गर्नुपर्नेछ। परिस्थिति अनुकूल नभए पनि मेहनतले अवसर ल्याउनेछ। असमझदारी र फजुल खर्चबाट बच्न ध्यान दिनुहोस्।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यापार, शेयर बजार र सम्पत्तिबाट लाभ मिल्नेछ। आर्थिक अवस्था सुधार हुनेछ। नयाँ योजनामा लगानी गर्नुपर्नेछ। रोजगारबाट आम्दानी बढ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। रोकिएका काम बन्नेछन्। जिम्मेवारी र मित्रता बढ्नेछन्। सञ्चित धनको उपयोगले फाइदा मिल्नेछ। दिगो काम सुरु भएर छोटो समयमा उपलब्धि हातलागी हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कृषि, पशुपालन र वित्तीय बजारमा लगानीले लाभ मिल्नेछ। नयाँ काम र बढुवा हुने सम्भावना छ। पैतृक धन प्राप्त हुनेछ। सामाजिक लोकप्रियता र मित्रता बढ्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले समाजमा प्रतिष्ठा दिलाउनेछ। चुनौतीहरू पन्छाएर सफलताको अवसर मिल्नेछ। परिश्रमले आर्थिक र सामाजिक उन्नति सुनिश्चित हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    प्रविधि प्रयोगले आर्थिक लाभ बढ्नेछ। शेयर बजार, खाद्यान्न र अटो पार्ट्स व्यापारमा वृद्धि हुनेछ। विदेश अध्ययन वा कामको अवसर मिल्नेछ। सहयोगीहरूको साथमा अप्ठ्यारो काम सजिलै पूरा हुनेछ। मिहिनेतको फल पाइनेछ। धार्मिक यात्रा र आध्यात्मिक काममा रुचि बढ्नेछ। नयाँ कामको मौका पाइनेछ। मन उत्साही र रमाइलो यात्रा सम्भावित छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय