इन्ड्राइभले गर्यो प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर

इन्ड्राइभले गर्यो प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर

बुधवार, साउन १४ २०८२
बुधवार, साउन १४ २०८२
  • इन्ड्राइभले  गर्यो प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर

    काठमाडौँ / काठमाडौँ इन्ड्राइभले प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर गरेको छ । बुधबार काठमाडौँमा एक कार्यकमको आयोजना गर्दै इन्ड्राइभले राइडरहरूले यात्रुहरूप्रति दिएको सेवा सुविधाका साथै एप्सलाई दिएको योगदानलाई सम्मान दिनको लागि प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर गरेको हो।  

    images
    images

    प्राइज ह्याण्डओभरमा ग्राण्ड प्राइज विजेतामध्ये एकजना कार राइडरलाई कार र बाइक राइडरलाई बाइक उपहार दिएर सम्मान गरिएको इन्ड्राइभ नेपालकी चालक सञ्चालक विशेषज्ञ सुनिता जेमी राईले बताएकी छन् । 

    राइडरले ३० जुन देखि १३ जुलाईसम्म सबैभन्दा धेरै राइड गर्नेलाई छानेर प्राइज दिएको उनले बताइन् । उनले कार विजेता र बाइक विजेताको ट्याक्स भने कम्पनिले नै बेर्होने बताएकी छन्  ।

    साथै उनले राइडरले प्याटिनुम स्टाटस मेन्टेन गरे वापत  ५ जना राइडरलाई स्मार्ट फोन, १० जना राइडरलाई एयरवर्ड, र १० जना राइडरलाई स्मार्ट घडि प्रदान गरेको पनि बताइन् । 

    ‘राइडरहरूले यात्रुहरूप्रति गर्नुभएको सेवा र उहाँहरूलाई दिएका सुविधाका साथै एप्सलाई दिनुभएका योगदानलाई सम्मान दिनको लागि प्याटिनम ड्राइभर गिभवोए गरेका थियौँ । ड्राइभर गिभवोए चाँहि हाम्रो ३० जुन देखि १३ जुलाईसम्म भएको थियो । जहाँ हामीले ३ हप्ताको लागि गरेका थियौँ । हरेक हप्ता हामीले ५ जनालाई स्मार्ट फोन, १० जनालाई एयरवर्ड, र १० जनालाई स्मार्ट वाच प्रदान गरेका थियौँ । त्यो प्राप्तगर्न उहाँहरूले प्याटिनुम स्टाटस मेन्टेन गर्नु पर्ने थियो,” उनले भनिन् । 

    यसका लागि उनीहरूलाई सीमित राइड दिएको हुन्छ त्यो कम्पिट राइड भएपछि उनीहरूले जित्ने उनले बताए । 

    उनले भने, “ग्राण्ड प्राइज कार ड्राइभरको लागि टाटा एक्सपे्रस टिभि, दुइ पांग्रे सवारीको लागि टिभिएस वाइक प्राइज राखेका थियौँ । ग्राण्ड प्राइज विजेता हुनको लागि राइडरले त्यो समयभित्र जति धेरै राइड त्यति धेरै जित्ने मौका अन्तर्गत प्रइज जितेका थिए । कार विजेता र बाइक विजेताको ट्याक्स कम्पनिले नै तिरिदिने छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय