काठमाडौँ / यामाहा नेपालले ब्लू राइज-वी राइज एज वान’ भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतीक्षित वार्षिक डिलर मिट २०२५ सम्पन्न गरेको छ।
साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) आयोजित डिलर मिटमा नेपालभरीबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए।
एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित यस दुईदिने जमघटको पहिलो दिनको कार्यक्रम सेल्स र मोटिभेसनमा केन्द्रित थियो । जहाँ सौरभ लोहनीले सेल्स एण्ड बिजनेस ट्रेनिंग सेसन सञ्चालन गरेका थिए।
उक्त सेसनले सहभागीहरूलाई बदलिँदो बजारमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने व्यवहारिक रणनीतिहरू प्रस्तुत गर्नुका साथै विशेषगरी डिलरशिप व्यवस्थापनको पक्षलाई प्राथमिकताका साथ समेटेको यामाहा नेपालले जनाएको छ ।
दोस्रो दिनको कार्यक्रममा यामाहा ब्रान्डको सामूहिक शक्ति र एकता झल्काउने कुराहरू मुख्य हाइलाइटका रूपमा देखिएका थिए।
कार्यक्रम एमएडब्लू राइड्सका सिइओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालको सम्बोधनबाट सुरु भएको थियो जहाँ उनले सम्पूर्ण डिलरहरूलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै कम्पनीका सबै विभागहरूले निर्धारित वार्षिक लक्ष्य पूरा गरेकोमा त्यसको प्रशंसासमेत गरेका थिए ।
सोही दिन विभिन्न विभागले आर्थिक वर्ष ०८१र०८२ को समग्र गतिविधि र उपलब्धिहरूको समीक्षा एवम् आगामी वर्षको रणनीतिक योजना समेटेर आआफ्ना प्रस्तुतिहरू दिएका थिए।
उक्त अवसरमा MT-15 V2 को आइस स्टोर्म र FZ-S V3 को आइस फ्लुओ भर्मीलिओन नामक दुई नयाँ र आकर्षक कलर भेरियन्टहरूको पनि अनावरण गरिएको थियो, जसले आफ्नो बोल्ड र एस्थेटिक डिजाइनका कारण सहभागीहरूको ध्यान खिचेको थियो।
एमएडब्लू सोलिडारिटी फन्ड अन्तर्गत एक भावुक प्रयासका रूपमा फन्ड समिति सदस्य तथा चितवनका डिलर प्रतिनिधि केजीएस ट्रेडिंग कन्सर्न , महेन्द्रनगरलाई एक सोलिडारिटी चेक प्रदान गरे।
गत वर्षको बाढीका कारण केजीएसको वर्कशप र भौतिक संरचनामा भएको गम्भीर क्षतिको सन्दर्भमा गरिएको यस सहयोगले संकटका समयमा आफ्ना साझेदारहरूप्रति यामाहाको बलियो साथ र प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
सो कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काको नेतृत्वदायी यात्रा र टिमवर्क तथा लक्ष्यप्रति समर्पणका अनुभवहरू साझा गर्दै सहभागीहरूलाई प्रेरित गरे।
साथै, एमएडब्लू राइड्स प्रा।लि।का अध्यक्ष विष्णु कुमार अग्रवालले यामाहाको साझा दृष्टिकोण, एकतामा आधारित कम्युनिटी निर्माणको महत्त्व र आगामी आर्थिक वर्षभर आफ्ना डिलर नेटवर्कलाई सशक्त साथ दिने प्रतिबद्धता दोहोर्याए।
उनले यामाहाको यात्राको केन्द्रमा साझा लक्ष्य र आपसी विश्वास रहेकोसमेत बताए । पुरस्कार वितरण समारोहले उत्कृष्टता र समर्पणको उत्सव मनाएको थियो।
कार्यक्रममा A0, A1, A2 र A3 श्रेणीका उत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो। साथै, 'ड्रिम टार्गेट' प्राप्त गर्नेहरू र विशिष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो।
नेटवर्किङ, पुरस्कार र यामाहा परिवारभित्रको सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गरेको यस दुईदिने उत्सव एक गाला डिनरसँगै समापन भएको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा यामाहा मोटर इण्डिया ग्रुपका चेयरम्यान इतारु ओटानी, वाईएमआईएसका उपाध्यक्ष महेन्द्र प्रताप र डीजीएम बिपिन सिंहको पनि उपस्थिति रहेको थियो।
उनीहरूको अन्तर्राष्ट्रिय समर्थन र सहभागिताले यामाहाको असीमित एकता र उत्कृष्टताको प्रतिबद्धतालाई पुनः पुष्टि गदै कार्यक्रमलाई विशेष बनाएको थियो।
डिलर्स मिट २०२५ ले यामाहाका उपलब्धिहरूको उत्सव मनाउने मात्र होइन, यसको सामुहिक शक्ति र ब्रान्डको ‘ब्लू राइज ः वी राइज एज वान’ भन्ने नाराप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्न समेत सफल भएको आयोजकको दावी छ ।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फैलिँदो डिलर नेटवर्कमार्फत नेपालमा दुईपांग्रे सवारीको क्षेत्रलाई निरन्तर नेतृत्व दिइरहेको कम्पनीले जनाएको छ ।
दैनिक उपयोगका लागि स्कुटरदेखि थ्रिल खोज्नेहरूका लागि मोटरसाइकलसम्म, यामाहाले नेपाली ग्राहकहरूलाई उत्कृष्ट भ्यालु र राइड अनुभव प्रदान गरिरहेको कम्पनीको भनाई छ ।