काठमाडौँ / सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज)को मिति तय गरेको छ ।कम्पनीको शुक्रबार बसको सञ्चालक समितिको बैठकले साउन २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
जसअनुसार साउन २३ गतेसम्म नेप्सेमा कारोबार गर्ने सेयरधनीहरू मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। कम्पनीले हाल कायम रहेको सेयरधनीहरूलाई १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले हालका शेयरधनीहरूलाई प्रति १०० कित्ता सेयरमा ५० कित्ता बराबरको १३ लाख ३३ हजार कित्ता हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ।