काठमाडौँ / सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन १६ गते विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग विपद् व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सबै प्रतिनिधिहरुले विपद् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँग सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ, राप्रपाका उद्धव थापा, कांग्रेसका कल्याण गुरुङ, एमालेका खिमलाल भट्टराई, माओवादी केन्द्रका नारायण काफ्ले, रास्वपाका विष्णुकुमार श्रेष्ठ, जनमत पार्टीका डा। सरदसिंह यादव, जसपाका माधवप्रसाद देव, र लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्णलगायतले आ(आफ्नो धारणा राखे। सबैले पूर्वतयारी, सचेतना, स्वयंसेवक तालिम, पूर्वसूचना प्रणाली, स्थानीय संरचना सुदृढीकरण, उपकरणको व्यवस्थापन, तथा नीति सुधार जस्ता विषयमा जोड दिए।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समुदायको सहभागिता तथा राजनीतिक दलको सक्रिय भूमिकाले विपद् जोखिम न्यूनिकरणमा महत्वपूर्ण योगदान दिने बताए। साथै, सशस्त्र प्रहरी बलका बरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले हालसम्मका उद्धार प्रयास, जनशक्ति, स्रोतसाधन र क्षमताबारे जानकारी गराए।
प्रतिनिधिहरुले सशस्त्र प्रहरी बलले प्रयोग गर्दै आएका विपद् उद्धार सामाग्रीको अवलोकन समेत गरेका थिए। कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु बंशीराज दाहाल, गणेशबहादुर ठाडामगरलगायत उच्च अधिकारी तथा राजनीतिक दलका वातावरण र विपद् व्यवस्थापन विभागका प्रमुखहरूको उपस्थिती थियो।
उक्त कार्यक्रमले विपद् जोखिम न्यूनीकरण, प्रभावकारी उद्धार कार्य र दीर्घकालीन नीति निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।