शनिबारको राशिफल : आजको दिन तपाईँको लागि कति फलदायी रहला ?

शनिबारको राशिफल : आजको दिन तपाईँको लागि कति फलदायी रहला ?

शनिवार, साउन १७ २०८२
शनिवार, साउन १७ २०८२
  • शनिबारको राशिफल : आजको दिन तपाईँको लागि कति फलदायी रहला ?

    आज वि.सं. २०८२ साल साउन १७ गते, शनिबार तदनुसार ईश्वी सन् २०२५ अगष्ट २ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, अष्टमी तिथी, बिहान ६ः१ बजेपछि नवमी, विशाखा नक्षत्र, अहोरात्र, आनन्दादिमा–शुभ योग, चन्द्रराशि–तुला, बेलुकी ११ः३३ बजेपछि वृश्चिक । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापारमा लगानी गरी आम्दानी बढ्नेछ । लामो यात्रा र नयाँ अनुभव प्राप्त हुनेछन् । मेहनत र इमानदारीले सफलता मिल्नेछ । प्रशासनिक सहयोग र प्रियजनको साथले उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुदृढ हुनेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । भौतिक साधन जुट्नेछन् । मनोरञ्जन र उपलब्धिको समय हुनेछ । जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    प्रतिस्पर्धामा सफलता मिल्नेछ । आर्थिक स्थिति सुधारिनेछ । प्रेम र यात्रामा प्रगति हुनेछ । विश्राम र मनोरञ्जनमा समय बित्नेछ । स्वास्थ्यमा सतर्कता आवश्यक छ । आकस्मिक धनहानिको सम्भावना छ । मेहनतीका लागि समय उत्साहजनक रहनेछ । गोपनीयता र समझदारीले लक्ष्यमा पुग्न सकिनेछ । नयाँ कामबाट दीर्घ लाभ मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    उपहार, चिट्ठा र सम्पत्ति प्राप्त हुने सम्भावना छ । परिवारमा नयाँ सदस्यको आगमन हुनेछ । प्रेम र आत्मीयता बढ्नेछ । व्यापार तथा कृषि–पशुपालनबाट लाभ मिल्नेछ । विद्यार्थीलाई सफलता मिल्नेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोस् । नयाँ काम सुरु हुने छ । सन्तानको साथले प्रेरणा मिल्नेछ । दिन उत्साहपूर्ण रहनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    कृषि र पशुपालनबाट आम्दानी बढ्नेछ । घरजग्गा कारोबारमा सुधार आउनेछ । धार्मिक यात्रा सम्भावित छ । परिवारसँग रमाइलो यात्रा हुनेछ । व्यापार लाभदायक रहला । आफन्तलाई समय दिनुपर्नेछ । विश्वास गर्दा धोका हुन सक्ने सम्भावना छ । नजिकका साथी टाढिन सक्छन् । दोहोरिएको प्रयासले रोकिएको काम बन्नेछ । सजगता जरुरी हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    छोटो रमाइलो यात्रा हुनेछ । आम्दानी बढ्ने काम सफलतापूर्वक सम्पन्न हुनेछन् । प्रेममा सुधार र समझदारी बढ्नेछ । दाजुभाइको सहयोग मिल्नेछ । नयाँ काम प्रारम्भ गर्न सफलता मिल्नेछ । रोकिएका काम बन्नेछन् । उद्योग व्यापारमा फाइदा हुनेछ । मनोबल उच्च रहँदै शत्रु परास्त हुनेछन् । आर्थिक पक्ष सबल बन्नेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    विगतको मेहनतको सकारात्मक परिणाम प्राप्त हुनेछ । रोकिएका कामहरू बन्नेछन् र नयाँ कामको थालनी हुनेछ । व्यापारमा नाफा कमाइनेछ । प्रेम र मनोरञ्जनमा समय बित्नेछ । आत्मविश्वासले पेशामा सफलता मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । बोली र लेखनमा निखार आउनेछ । सम्मान प्राप्त हुनेछ । आम्दानी बढ्नेछ र दीर्घ फाइदा हुने सम्झौता हुन सक्छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    शुभचिन्तकको साथले मन प्रसन्न रहनेछ । लगनशीलता र इमानदारीले लोकप्रियता बढ्नेछ । प्रेम प्रगाढ हुनेछ । कामबाट विश्राम मिल्नेछ । कानुनी मामिलामा सफलता मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । विछोडिएका आफन्तसँग भेट हुनेछ । व्यापारमा धैर्य आवश्यक छ । मनग्य आम्दानी हुने सम्भावना छ । सुधारको अवसर मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आम्दानीको तुलनामा खर्च कम हुने भएकाले बचत बढ्नेछ । व्यापार विशेषगरी विदेशी सामान र स्वास्थ्य सामाग्रीमा लाभ हुनेछ । लामो यात्रा र वैदेशिक रोजगारीको सम्भावना छ । प्रेम र अध्ययनमा प्रगति हुनेछ । आकस्मिक खर्च बढ्न सक्छ । कर्जा वा सरसापट गर्नुपर्ने हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । समय प्रतीक्षा र धैर्यको हो ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    अनुसन्धान र प्रविधिको प्रयोगले उत्कृष्ट नतिजा प्राप्त हुनेछ । पैतृक धन प्रयोग गरी रोजगारी सिर्जना गरिनेछ । प्रेम र पारिवारिक सम्बन्ध सुदृढ हुनेछन् । व्यापारमा रोकिएको रकम उठ्नेछ । भौतिक साधन प्राप्त हुनेछन् । आम्दानी र प्रतिष्ठा बढ्नेछ । साझेदारी र लगानीबाट फाइदा हुनेछ । भविष्यका लागि राम्रो अवसरको समय हो ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    पैतृक धनबाट मनग्गे लाभ हुनेछ । बौद्धिक वृद्धि हुँदै राजनीतिमा पद पाउने अवसर छ । प्रतिष्ठित सहयोगले सामाजिक नाम कमाउने मौका छ । शत्रु परास्त र प्रतिस्पर्धा जित्ने समय हो । व्यापारमा लाभ मिल्नेछ । पुराना विवादले परिवारमा तनाव ल्याउन सक्छ । मेहनतले जिम्मेवारी दिलाउनेछ । नयाँ काम सुरु गर्ने समय छ । नाम, दाम र इनाम हात पर्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापारमा लगानीले मनग्गे आम्दानी हुनेछ । मौसम अनुसारको सामानको व्यापार वृद्धि हुनेछ । धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । लामो यात्रा र परिवारसँग रमाइलो समय बित्नेछ । विरोधी तत्त्व सक्रिय रहला, तर धैर्य र साहसले नयाँ काम सफल हुनेछ । अरूको सहयोगले फाइदा मिल्नेछ । रोकिएका काम बन्नेछन् । मेहनतले जिम्मेवारी र उपलब्धि दिलाउनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    नसोचेको धन तथा चिट्ठा प्राप्ति हुनेछ । आफन्त र शुभचिन्तकको सहयोगले फाइदा हुनेछ । प्रेम सम्बन्ध बलियो हुनेछ । पदीय जिम्मेवारी पाइनेछ । व्यावसायिक यात्रा तय हुनेछ । स्वास्थ्यमा पेट समस्या देखापर्न सक्छ । आर्थिक पक्ष सामान्य रहनेछ । काम अधुरो रहन सक्छ । घरेलु समस्याले समय लाग्नेछ । धनमाल हराउने जोखिम छ, सावधानी अपनाउनुहोस् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय