काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्यसूची अनुसार बिहीबारको तुलनामा आज छापावाल सुन तोलामा ५ सय रुपैयाँ घटेको हो ।
जसअनुसार आज छापावाल सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार भने १ लाख ९३ हजार ६ सय रुपैयाँ पुगेको थियो । यता, चाँदीको मूल्यमासमेत आज उच्च गिरावट आएको छ । आज चाँदी तोलामा २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भने २ हजार २७० रुपैयाँ तोला पुगेको थियो ।