काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच '7% RBBL Debenture 2088' (RBBD2088) ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ।
उक्त सम्झौताअनुसार ७ वर्ष अवधिको, ७ प्रतिशत वार्षिक ब्याजदर रहेको, प्रति कित्ता रु. १,००० अंकित तथा चुक्ता मूल्यमा जारी गरिएका कुल २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरेका छन् । नेप्सेमा सूचीकृत यस ऋणपत्र भोलिदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।