चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न

चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न

बुधवार, साउन १४ २०८२
बुधवार, साउन १४ २०८२
  • चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौँको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरूको स्तन जाँच तथा पाठेघरको मुखको क्यानसर परीक्षणअन्तर्गत १ सय भन्दा बढी महिलाहरूले स्वास्थ्य परिक्षण गराएका थिए । 

    images
    images

    मुलुकको समग्र चेम्बर अभियानको ७५ औँ ऐतिहासिक बर्षगाँठको  अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हीरक जयन्ती मूल समारोह समितिको समन्वयमा भएको कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र सिल्भरलाइन हस्पिटलले प्राविधिक सहयोग गरेका थिए । 

    वृहत स्वास्थ्य परिक्षण कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य परिक्षण लगायतका अन्य विभिन्न कार्यक्रमबाट लाभ लिन महिलाहरूलाई आग्रह गरे । 

    महिलाहरूले स्वास्थ्य तन्दुरुस्तीका साथै आर्थिक लाभ हुनेगरी उद्यमी र व्यवसायिक गतिविधी समेत गर्दै अघी बढ्नुपर्नेमा निवर्तमान अध्यक्ष मल्लले जोड दिए । । 

    स्वास्थ्य शिविरबाट काठमाडौँको मनमैजु क्षेत्रका १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्यलाभ लिएको नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठले जानकारी दिए । 

    साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका बिभिन्न गतिबिधिहरूलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय