आज मिति वि.सं. २०८२ साल साउन १४ गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ जुलाई ३० तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, षष्ठी तिथी, हस्त नक्षत्र, आनन्दादिमा–आनन्द योग, चन्द्रराशि–कन्या ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पुराना विवाद साम्य हुनेछन् र निर्णयहरू तपाईँकै पक्षमा आउँनेछन्। पढाइ, व्यापार, शेयर वा प्रेम सम्बन्धमा सफलता मिल्नेछ। बुद्धिको प्रयोगले चुनौती पार गरिनेछ। पारिवारिक साथ र मिठो व्यवहारले काम सफल हुनेछ। करियरमा नयाँ अवसर खुल्नेछ। स्वास्थ्यमा ध्यान दिनुपर्ला, खर्च नियन्त्रण आवश्यक छ। प्रतिस्पर्धामा विजय सुनिश्चित देखिन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बौद्धिक क्षमताको विस्तारले सिर्जनात्मक काममा सफलता मिल्नेछ। अध्ययन, यात्रा र पारिवारिक रमाइलोको योग छ। व्यापार, शेयर र सन्तानको प्रगतिले मन प्रसन्न हुनेछ। इष्टमित्रको सहयोग र नयाँ सम्पर्कले अवसर ल्याउनेछन्। तर, काममा ढिलाइ, स्वास्थ्य चिन्ता र असावधानीपूर्ण बोलाइले समस्या निम्त्याउन सक्छ। धैर्य र लगनशीलताले मात्र सफलता सम्भव हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सवारी प्रयोगमा सतर्क रहनुहोस्, समय मध्यम छ। कृषि, पशुपालन र जमिनसम्बन्धी कामबाट लाभ मिल्नेछ। आमाबाट टाढाको यात्राले मन खिन्न बनाउला। माया प्रेममा मतभेद सम्भव छ। साझेदारीमा समस्या देखिए पनि वित्तीय लगानी लाभदायक हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। स्वास्थ्य र वचनमा ध्यान दिनुहोस्। बुद्धिमत्ताले लक्ष्य प्राप्त हुने संकेत छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
माया प्रेममा सामिप्यता बढ्नेछ र साथीहरूको सहयोगले काम सफल बन्नेछन्। पढाइ र व्यापारमा सुधार देखिन्छ, सानो प्रयत्नले फाइदा मिल्नेछ। तर, निर्णय सोचविचार गरेर लिनुहोस्, दुविधामा शुभचिन्तकको सल्लाह उपयोगी हुनेछ। व्यवसायमा अस्थायी बाधा आउन सक्छ, सेवामूलक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। हतारमा ठूला निर्णय नगर्नु उपयुक्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईंले सुरु गरेको काममा आफन्तको सहयोग मिल्नेछ। पारिवारिक साथ, मिष्टान्न भोजन र बोलेरै काम बन्ने समय हो। पढाइमा प्रगति र माया प्रेममा शङ्का हट्नेछ। शेयर, निर्माण सामग्री र खाद्य व्यापारबाट लाभ मिल्नेछ। संगीत वा साहित्यमा सफलता सम्भव छ। नयाँ काम सुरु गर्न अनुकूल समय हो, बोली र बौद्धिक क्षमताबाट आर्थिक फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ प्रविधिको प्रयोगले रचनात्मक काममा सफलता मिल्नेछ। विद्यार्थीलाई मेहनतअनुसार उत्कृष्ट नतिजा हात पर्नेछ। राजनीतिक र पेशागत क्षेत्रमा पदोन्नतिको सम्भावना छ। बिछोडिएका मित्रसँग भेट र रमाइलो जमघट हुनेछ। पहिरन र विलासी वस्तु प्रयोगले आकर्षण बढ्नेछ। नयाँ प्रस्ताव र अधिकारीहरूसँग सम्पर्कले लक्ष्य पुरा गर्न सहयोग पुर्याउनेछ। जीवनशैली सुधारिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीभन्दा खर्च बढ्नाले दैनिकी असहज हुन सक्छ, सतर्क रहनुहोस्। लगानी बढे पनि तत्काल लाभ सीमित हुनेछ। माया प्रेममा शंका टाढिनको कारण बन्न सक्छ। पढाइमा सफलता सम्भव छ भने विदेशी व्यापार र विदेश बस्नेहरूलाई राम्रो समय छ। कानुनी र पारिवारिक मामिलामा संयमता अपनाउनुहोस्। खर्च बढे पनि यात्राबाट अवसर प्राप्त हुने संकेत छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक सम्पत्ति र उपहार प्राप्त हुने योग छ। शेयर र वित्तीय क्षेत्रमा लगानीबाट आम्दानी बढ्नेछ। पैतृक सम्पत्ति प्राप्तिको सम्भावना छ। दाजुभाइको सल्लाह उपयोगी हुनेछ। पढाइमा प्रगति हुनेछ भने समाजमा बौद्धिक कार्यले मान्यता मिल्नेछ। थोरै लगानीबाट लाभ मिल्ने समय हो, यद्यपि तत्काल खर्च पनि बढ्न सक्छ। अनुभवको अभावले नोक्सानी हुन सक्ने भएकाले सचेत रहनुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभ चन्द्रमाको प्रभावले राज्यसंग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। नयाँ काम, बढुवा र कीर्तिमानी उपलब्धिबाट इज्जत बढ्नेछ। शेयर, व्यापार, कृषि र पशुपालनबाट लाभ हुनेछ। पढाइ र प्रेममा प्रगति देखिनेछ। तर, अरूका स्वार्थमा नजोडिनुहोस्, जोखिमबाट बच्नुहोस्। पिताको सहयोग उपयोगी हुनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ, तर आफ्ना काममा अवरोध आउन सक्छ, सजग रहनुहोस्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार र शेयर बजारबाट मनग्गे धन आर्जन हुनेछ। सानो प्रयासले राम्रो परिणाम ल्याउनेछ। धार्मिक र शैक्षिक यात्राको सम्भावना छ। प्रेममा रमाइलो समय बित्नेछ। पुराना मित्रसँग भेटघाट हुनेछ। कार्यक्षेत्र र बौद्धिक कार्यमा सफलता मिल्नेछ। चुनौती आए पनि पहिलेको सफलतिले हौसला दिनेछ। अधैर्यताले समस्या ल्याउन सक्ने भएकाले सजग रहनुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक सम्पत्ति र सवारी साधन प्रयोग गर्दा विशेष ख्याल गर्नुहोला। माया प्रेम राम्रो रहनेछ भने आर्थिक पक्ष कमजोर हुने सम्भावना छ। व्यापारबाट आम्दानी कम हुँदा दैनिकी प्रभावित हुनेछ। दिदीबहिनीसँग मनमुटाव बढ्न सक्छ, साथीभाइबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। बुजुर्गको मार्गदर्शनले अप्ठ्यारो काम सजिलै पूरा हुनेछ। स्वास्थ्य र गोपनीयतामा सावधानी आवश्यक छ। काममा बाधा र अरूको फाइदा उठाउने सम्भावना छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेमको बन्धन कसिलो हुनेछ र जीवन साथीको सहयोगले सफलता मिल्नेछ। व्यापार र शेयर बजारबाट मनग्गे आम्दानी हुनेछ भने यात्राको योजना बन्नेछ। इष्टमित्रको साथले दैनिकी सहज हुनेछ। पढाइमा प्रगति र भौतिक स्रोतको सदुपयोग सम्भव छ। दाम्पत्य जीवन सुखी रहन्छ र नयाँ काम सुरु गर्न अनुकूल समय छ। धन, ज्ञान र मित्रता बढ्नेछन्, जीवनशैली आनन्दमय बन्नेछ।