वनस्पतिमा आधारित खाना र जीवनशैलीको प्रवद्धन गर्न काठमाडौँ भेज फेस्ट हुँदै

वनस्पतिमा आधारित खाना र जीवनशैलीको प्रवद्धन गर्न काठमाडौँ भेज फेस्ट हुँदै

सोमवार, साउन ५ २०८२
सोमवार, साउन ५ २०८२
  • वनस्पतिमा आधारित खाना र जीवनशैलीको प्रवद्धन गर्न काठमाडौँ भेज फेस्ट हुँदै

    काठमाडौँ / पशु कल्याणका क्षेत्रमा क्रियाशील स्नेहाज केयरले पाँचौँ काठमाडौँ भेज फेस्ट आयोजना गर्ने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै केयरले हरेक बर्षझैँ यस वर्ष पनि २०८२ श्रावण १० गते अर्थात जुलाई २६, २०२५ शनिबार ‘काठमाडौँ भेज फेस्ट’ आयोजना गर्ने जानकारी दिएको हो ।

    images
    images

    वनस्पतिमा आधारित परिकारहरूको प्रचार प्रसार गर्नुका साथसाथै वनस्पतिमा आधारित खाना र जीवनशैलीलाई प्रवद्र्धन गर्न यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको स्नेहाज केयरकी सस्थापक स्नेहा श्रेष्ठले जानकारी दिइन् ।

    महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, दिगो विकास र वातावरणमैत्री सामग्रीको प्रदर्शनका साथै विक्री वितरण हुनेहुँदा भिगन रेस्टुरेन्ट, भिगन सामग्रीहरूको विक्रेताहरूलाई स्टल राख्ने अवसर प्रदान गरिने श्रेष्ठले बताइन् ।

    उनले महोत्सवमा विभिन्न भिगान रेस्टुरेन्टहरू, भिगान परिकार उत्पादकहरू, विभिन्न आकर्षक गरगहनाहरू, अर्गानिक कृषि उपजहरू तथा ह्यान्डीक्राफ्ट, पशु कल्याण संस्थाहरू, योग तथा दर्शनलगायतका सामग्रीहरू तथा जानकारीमूलक गरि ९० भन्दा धेरै स्टलहरू रहने उनले जानकारी दिइन् ।

    महोत्सवलाई मनोरञ्जनात्मक बनाउनका लागि लाइभ म्यूजिक, नृत्य प्रस्तुती, बालबालिकाहरूका निम्ति विभिन्न विधामा गरिएको प्रतिस्पर्धाको पुरस्कार वितरणलगायतका कार्यक्रमहरू समेत राखिएको उनले बताइन् । महोत्सव काठमाडौँ बौद्धस्थित उत्पला क्याफेको प्राङ्गणमा हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय