प्राइम सेरामिक्सको आधिकारिक टायलको शोरुम गरुडामा, गुप्ता हार्डवेयरले बिक्री गर्ने

प्राइम सेरामिक्सको आधिकारिक टायलको शोरुम गरुडामा, गुप्ता हार्डवेयरले बिक्री गर्ने

सोमवार, साउन ५ २०८२
सोमवार, साउन ५ २०८२
  • प्राइम सेरामिक्सको आधिकारिक टायलको शोरुम गरुडामा, गुप्ता हार्डवेयरले बिक्री गर्ने

    रौतहट / प्राइम सेरामिक्स प्रालिले रौतहटको गरुडा बजारमा आधिकारिक टायलको शोरुम सञ्चालनमा ल्याएको छ । गरुडा नगरपालिका–४ बजारमा रहेको गुप्ता हार्डवेयरले सो कम्पनीको टायल बिक्री गर्ने भएको हो ।

    images
    images

    प्राइम सेरामिक्स प्रालिका अध्यक्ष आशिष गर्गले एक कार्यक्रमकाबिच उक्त शोरुमको उद्घाटन गरेका हुन् । उनका अनुसार अब उपभोक्ताहरूले छानीछानी आफूलाई मन परेको डिजाइनको आधुनिक प्रविधिमा आधारित भित्ता र भुइँ टायलहरु खरिद गर्न सक्नेछन् ।

    कम्पनीले विभिन्न ६ सय आकर्षक डिजाइनको प्राइम टायल उत्पादन गर्दै आएको उनले उल्लेख गरेका छन् ।

    भारतमा उत्पादन हुने टायल भन्दा यो कम्पनीले ३० देखि ४० प्रतिशत सस्तो मूल्यमा टायल बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ । यो कम्पनीले नेपालको २० प्रतिशत टायल उत्पादन गर्दै आएको छ ।

    प्राइम सेरामिक्स प्रालि तीन वर्ष अघि रौतहटस्थित बृन्दावन नगरपालिका–६ मा तीन अर्ब भन्दा बढी रुपैयाँको लागतमा १० बिघा क्षेत्रफलमा स्थापना भएको थियो । अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रमार्फत यो उद्योगले भित्ता र भुइँको टायल उत्पादन गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय