रसुवागढी बाढीपछिको क्षति : करिब २९ करोड रुपैयाँ बराबरको बिमा दाबी, बढी दाबी शिखर इन्स्योरेन्समा

रसुवागढी बाढीपछिको क्षति : करिब २९ करोड रुपैयाँ बराबरको बिमा दाबी, बढी दाबी शिखर इन्स्योरेन्समा

सबैभन्दा बढी दाबी शिखर इन्स्योरेन्समा १० वटा दाबी दर्ता भएका छन्, जसको रकम १६ करोड १२ लाख रुपैयाँ बराबर छ।

सोमवार, साउन ५ २०८२
सोमवार, साउन ५ २०८२
  • रसुवागढी बाढीपछिको क्षति : करिब २९ करोड रुपैयाँ बराबरको बिमा दाबी,  बढी दाबी शिखर इन्स्योरेन्समा

    काठमाडौँ / गत असार २३ गते रसुवामा चीनतर्फबाट आएको भीषण बाढी र पहिरोले ठुलो भौतिक तथा आर्थिक क्षति पुर्‍याएको छ। बाढीले नेपाल–चीन व्यापारिक नाका रसुवागढीमा रहेको ड्राइपोर्ट, सवारीसाधन, कन्टेनर र पुल समेत बगाएपछि दुई देशबीचको व्यापार पूर्णरूपमा प्रभावित बनेको छ।

    images
    images

    घटनापछि पीडित बिमितहरूबाट हालसम्म करिब २९ करोड रुपैयाँ बराबरको बिमा दाबी दर्ता भएको बिमा प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार देशका ९ वटा बिमा कम्पनीमा गरी ६३ वटा बिमा दाबी परेको छ। तीमध्ये सबैभन्दा धेरै दाबी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ। सबैभन्दा बढी दाबी शिखर इन्स्योरेन्समा १० वटा दाबी दर्ता भएका छन्, जसको रकम १६ करोड १२ लाख रुपैयाँ बराबर छ।

    त्यसपछि नेको इन्स्योरेन्समा ३ वटा दाबीमा ५ करोड १२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७ दाबीमा ३ करोड ४१ लाख, र नेपाल इन्स्योरेन्स कम्पनी मा १२ दाबीमा १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति माग गरिएको छ।  यसैगरी सानिमा जीआईसी लिमिटेडमा ६ दाबी परेको छ । जसको दाबी रकम ७७ लाख रुपैयाँ छ । 

    आईजीआई प्रूडेन्सियल इन्स्योरेन्समा ७५ लाख ५० हजार रुपैयाँ बराबरको २ दाबी परेको छ भने युनाइटेड अजोड इन्स्योरेन्समा ६८ लाख बराबरको  १ दाबी परेको छ । 

    त्यस्तै, एनएलजी इन्स्योरेन्समा २ दाबी परेको छ । जसको रकम ४७ लाख रुपैयाँ तोकिएको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३१ लाख रुपैयाँ बराबरको ३ दाबी परेको छ । 

    प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार सबैभन्दा धेरै दाबी मोटर बिमा (सार्वजनिक)तर्फ परेको छ। कुल ३२ वटा दाबीमा २३ करोड १५ लाख रुपैयाँ बराबरको क्षति माग गरिएको छ।

    यसैगरी, सामुद्रिक बिमातर्फ ६ वटा दाबी परेको छ भने १५ करोड ७० लाख रुपैयाँ बराबरको क्षति माग गरिएको छ । 

    इन्जिनियरिङ तथा ठेकदार जोखिमतर्फ ५ करोड ५५ लाख रुपैयाँ बराबरको ४ वटा बिमा दावी परेको छ भने सम्पत्ति बिमातर्फ १० वटा दावी  परेको छ । जसको दाबी रकम ४ करोड १८ लाख रुपैयाँ रहेको छ । 

    मोटर बिमा (निजी)तर्फ ११ वटा दाबी दर्ता भएका छन्। जसको दाबी रकम १ करोड १७ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय