काठमाडौँ / एनआइसी एशिया बैंक लिमिटेड २८औँ बर्षमा प्रवेश गरेको छ । सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ सङ्कल्पका साथ २८ वर्षअघि सुरु गरेको यो बैंक २८औँ वर्षमा प्रवेश गरेको हो ।
आजकै दिन सुरु भएको हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले बताए ।
“यस दौरानमा हामी प्रति अनवरत रूपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिनुहुने हाम्रा समस्त ग्राहक महानुभावहरू, नियामक निकायहरू, सेयरधनी महानुभावहरू, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन एवं धन्यवाद व्यक्त गर्न चाहन्छौँ” अर्नुन राज खनियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएको छ त्यसको सम्पूर्ण श्रेय ग्राहकहरूलाई जाने उनले बताए ।
वार्षिकोत्सवको अवसरमा बैंकले साथै, आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरू प्रदान गर्दै सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने अठोटसमेत गरेको छ ।
डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापना कालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट लाखौँ ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग पार्टनरको रूपमा जोडिएको बैंकले जनाएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाध रूपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पु¥याउन सफल भएको बैंकको दावी छ ।