नेपालमा पहिलोपटक हरर चलचित्र महोत्सव !

नेपालमा पहिलोपटक हरर चलचित्र महोत्सव !

सोमवार, साउन ५ २०८२
सोमवार, साउन ५ २०८२
  • नेपालमा पहिलोपटक हरर चलचित्र महोत्सव !

    काठमाडौँ / नेपालमा पहिलो पटक हरर, काल्पिनक र लोककथा समावेश गर्दै काठमाडौँ हरर चलचित्र महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले बताए । 

    images
    images

    उनका अनुसार, नेपालमा यी बिधाका चलचित्र खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सवमार्फत यस्ता बिधाका चलचित्रहरूलाई देशमा प्रचार प्रसार गर्न आयोजना गर्न लागिएको हो । 

    नेपालमा यस्ता चलचित्र निर्माणका लागि महोत्सवले थप वातावरण बनाउन सजिलो बनाउने उनको विश्वास छ ।  

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (नीफ)को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले बताए । महोत्सव गर्नुको मुख्य उद्देश्य भनेको नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित चलचित्रहरूलाई प्रवद्र्धन गर्ने र यी विधाहरूका लागि दर्शकहरू बढाउन मद्दत गर्ने लक्ष्य राखेको पाठकको भनाई थियो ।

    महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ भने सो प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्म लाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ । 

    यसका साथै चलचित्रहरुको लागि आवेदन पनि खुल्ला गरिएको पाठको भनाई छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय