‘फोन पे’मा लगानी गर्दै खेतान समूह, राष्ट्र बैंकको स्वीकृति पर्खदै

‘फोन पे’मा लगानी गर्दै खेतान समूह, राष्ट्र बैंकको स्वीकृति पर्खदै

सोमवार, साउन ५ २०८२
सोमवार, साउन ५ २०८२
  • ‘फोन पे’मा लगानी गर्दै खेतान समूह, राष्ट्र बैंकको स्वीकृति पर्खदै

    काठमाडौँ / व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा रहेको हाउस अफ राजले नेपालकै प्रमुख फिनटेक कम्पनी फोन पे सर्भिसेज लिमिटेडमा २० प्रतिशत सेयर किन्ने सम्झौता गरेको छ ।

    images
    images

    ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक मनीष थापाका अनुसार १ अर्ब ४० करोड रुपैयाँमा भएको यो सम्झौता दुई महिना अघि सम्पन्न भइसकेको हो । ग्लोबल इक्विटी फन्ड हाउस अफ राजसँग आवद्ध कम्पनी हो । उक्त सम्झौता अहिले राष्ट्र बैंकको स्वीकृतिको प्रक्रियामा रहेको छ ।

    फोन पे, एफवान सफ्ट इन्टरनेशनल समूहअन्तर्गतको भुक्तानी सेवा प्रदायक कम्पनी हो, जसले हाल नेपालभर ठूलो मात्रामा डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा फोन पेमार्फत २० खर्बभन्दा बढीको अन्तरबैंक रकम ट्रान्सफर भएको थियो । कम्पनीले क्यूआरमार्फत भुक्तानी, भारतीय पर्यटकलाई लक्षित सेवा र यूपीआई कारोबारजस्ता सुविधाहरू सञ्चालनमा ल्याएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय