आज मिति वि.सं. २०८२ साल साउन ५ गते, सोमबार तदनुसार ईश्वी सन् २०२५ जुलाई २१ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण कृष्णपक्ष, एकादशी तिथी, रोहिणी नक्षत्र, आनन्दादिमा–प्रवद्रध योग, चन्द्र राशि–वृष, कामिका एकादशी व्रत ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार, उद्योग र शेयर बजारमा लगानी बढाउने समय अनुकूल छ। पछिसम्म आम्दानी दिने क्षेत्रमा लगानी गर्न सकिनेछ। अनुसन्धान र बुद्धिको प्रयोगले शैक्षिक तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ। शुभचिन्तकको साथले अवसर पक्का हुनेछ। खर्च बढे पनि आवश्यक वस्तु खरिद हुनेछ। सूचनाको गोपनीयता र विवादबाट बच्नुपर्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार, उद्योग र शेयर बजारमा लगानी बढाउँदै मनग्गे आम्दानी गर्न सकिनेछ। आत्मविश्वास र आँटले कठिन कामहरू पनि सजिलै सम्पन्न हुनेछन्। नयाँ कामको प्रस्ताव आउँदा सहयोगीहरूको साथ मिल्नेछ। निर्णयहरू तपाईँकै पक्षमा हुनेछन्। पुराना कमजोरी सुधार्दै सफलताको आधार बनाउने अनुकूल समय रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसर आए पनि अनावश्यक खर्च र व्यर्थको कार्यमा समय गुम्ने सम्भावना छ। व्यापार, अध्ययन र यात्रामा दौडधुप गर्नुपर्ला। उपकरण मर्मत, स्वास्थ्य र बसाइसराइमा खर्च बढ्न सक्छ। विदेशी संस्थामा रोजगारीको सम्भावना देखिए पनि नतिजा ढिला हुन सक्छ। किनमेल गर्दा होसियारी अपनाउनुहोस्, थैली रित्तिन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सीमित स्रोतको प्रभावकारी प्रयोगले आम्दानीका नयाँ ढोका खुल्नेछन्। व्यापार, शेयर बजार, कृषि तथा पशुपालनबाट मनग्गे लाभ उठाउन सकिनेछ। दाजुभाइ र जीवनसाथीको सहयोगमा भौतिक सम्पत्ति जोड्न सकिनेछ। अचल धनको सदुपयोगले दीगो आम्दानीको आधार बनाउने समय अनुकूल छ। उत्साहजनक नतिजाले हौसला थप्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार, उद्योग र शेयर बजारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ। नोकरीमा बढोत्तरी र नयाँ कामको अवसर मिल्नेछ। कार्यक्षेत्रमा सफलता र उच्च अधिकारीको साथले सम्मान बढ्नेछ। पारदर्शिता कायम राख्दा विश्वसनीयता बढ्नेछ। नयाँ योजना सुरु गर्न भौतिक साधन जुट्नेछन्। राम्रो कर्मफलले लोकप्रियता र आत्मसन्तुष्टि मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्मकर्म र परोपकारी कार्यमा रुचि बढे पनि व्यापारमा हतार नगर्नुहोस्। सरकारी वा प्रशासनिक क्षेत्रबाट सम्मान मिल्नेछ। दीगो आम्दानीका लागि नयाँ कामको जग बसाउने समय अनुकूल छ। केही काममा तत्काल फाइदा नदेखिए पनि मिहिनेतले भविष्यमा सफल परिणाम दिनेछ। लामो दूरीको यात्रा लाभदायक हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक कारोबारमा धोका हुन सक्ने सम्भावना भएकाले सावधानी अपनाउनुहोस्। सहयोगको सट्टा आश्वासन मात्र पाइनेछ। यात्रामा र औषधिमा खर्च बढ्न सक्छ। तत्काल लाभ नभए पनि दीगो फाइदा हुने योजना बन्नेछ। काम दोहोर्याउनुपरे पनि बुद्धिको प्रयोगले समस्याको समाधान सम्भव छ। विश्वासमा काम नछोड्नुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनोरञ्जन, साहित्य र व्यापार क्षेत्रबाट सन्तोषजनक आम्दानी हुनेछ। शेयर बजार र महँगा सामानको व्यापारमा लाभ हुनेछ। जीवनसाथीको सहयोगले कार्य सहज हुनेछ। अनावश्यक किनमेलले फजुल खर्च बढ्न सक्छ, लेनदेनमा सतर्क रहनुहोस्। वर्तमान श्रमले भविष्यका लागि जग बसाउने अवसर दिलाउनेछ। यात्रा लाभदायक तर खर्चिलो हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शेयर बजार र व्यापारमा लगानी बढाउन अनुकूल समय छ। साथीभाइको सहयोगले व्यवसायमा फाइदा हुनेछ। न्यायिक निर्णय र प्रतिस्पर्धा तपाईँकै पक्षमा रहनेछ। मेहनतले लक्ष्य प्राप्त हुने र पूर्वसफलताले हौसला दिनेछ। रोग र ऋणबाट छुटकारा पाउँदै दीगो आम्दानीको जग बसाउन सकिनेछ। अधिकारीहरूको साथले काम अघि बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शेयर बजार, निर्माण सामग्री र अनलाइन व्यापारबाट लाभ लिन सकिनेछ। बुद्धिको प्रयोगले व्यवसायमा प्रभाव पारिनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर रहनेछन्। उच्च शिक्षामा अवसर मिल्नेछ। स्वास्थ्य र समय तालिकाको चुनौतीले योजना अधुरो हुन सक्छ। व्यर्थ हल्लाबाट बच्न सावधान हुनुहोस्। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि र पशुपालन व्यवसाय फस्टाउनेछन्। शेयर बजारमा सुझबुझपूर्ण लगानीले नाफा हुने संभावना छ। घरायसी खर्च बढेर सञ्चित रकम घट्नेछ। साझेदारसँग असमझदारीले सम्झौता भंग हुन सक्छ। नयाँ योजना अघि बढाउन सहयोगी कम पाइनेछ। काम दोहोर्याउनुपर्ने र सावधानी अपनाउनुपर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शेयर बजार, अनलाइन व्यापार र उद्योगमा लगानीबाट मनग्गे नाफा हुनेछ। सहयोगी र आफन्तको साथले काम सहज हुनेछ। न्याय तपाईँकै पक्षमा रहनेछ। कृषिमा समस्या भए पनि धन आर्जन राम्रो हुनेछ। साहस र पराक्रमले प्रतिस्पर्धीलाई पछि पार्न मद्दत गर्नेछ। छोटो दूरीको यात्रा लाभदायक हुनेछ।ञ