बिहीबारको राशिफल : साउन महिनालको पहिलो दिन तपाईँका लागि कति शुभ कति अशुभ ?

बिहीबारको राशिफल : साउन महिनालको पहिलो दिन तपाईँका लागि कति शुभ कति अशुभ ?

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • बिहीबारको राशिफल : साउन महिनालको पहिलो दिन तपाईँका लागि कति शुभ कति अशुभ ?

    आज मिति वि.सं. २०८२ साल साउन १ गते, बिहीबार तदनुसार ईश्वी सन् २०२५ जुलाई १७ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण कृष्णपक्ष, सप्तमी तिथी, रेवती नक्षत्र, आनन्दादिमा–मीत्र योग, चन्द्रराशि–मीन, श्रावणसङ्क्रान्ति, अष्टमी व्रत ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    स्वास्थ्यमा खर्च बढ्न सक्छ, साथीभाइको सहयोग कम मिल्नेछ। पढाइ र काममा ध्यान नपुग्दा तनाव बढ्ने सम्भावना छ। स्वदेशी व्यापार मन्दी भए पनि विदेशी सामानको कारोबारमा फाइदा हुनेछ। सेयर, वित्त र उद्योग क्षेत्रको लगानीबाट लाभ मिल्नेछ। प्रयासले लक्ष्य प्राप्त हुनेछ, वैदेशिक क्षेत्रमा अवसर बढ्नेछन्। खर्च बढे पनि दिगो काम सुरु हुनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    पैतृक सम्पत्ति तथा शेयर, बैंक, वित्त क्षेत्रमा लगानीबाट मनग्गे लाभ मिल्नेछ। थोरै लगानीमा बढी नाफा सम्भव छ। पढाइमा राम्रो नतिजा आउँदा विद्यार्थीहरू उत्साहित हुनेछन्। व्यापारिक यात्रा लाभदायी रहनेछ। मेहनतअनुसार आम्दानी बढ्नेछ। दिगो फाइदाका काम प्रारम्भ हुनेछन् भने प्रतीक्षित सफलताले आत्मविश्वास बढाउनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    फुर्सदको समय सामाजिक काममा लाग्दै मान–सम्मान बढ्नेछ। खाद्यान्न, निर्माण सामग्री र अटोपार्ट्स व्यापार फस्टाउनेछ। शेयर तथा वित्तीय क्षेत्रमा लगानीले लाभ दिनेछ। विवाद समाधान भई मन शान्त रहनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट आम्दानी बढ्नेछ। व्यापारमा फाइदा, जिम्मेवारीमा वृद्धि र उच्च अधिकारीसँग सम्बन्ध प्रगाढ हुने समय हो।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    भाग्यको साथ रहने हुँदा सानो लगानीमै व्यापार र सेयरबाट मनग्गे लाभ मिल्नेछ। श्रमको मूल्याङ्कन हुने, अध्ययनले राम्रो नतिजा दिनेछ। धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ। विशिष्ट व्यक्तिसँग मित्रता गहिरिनेछ। चुनौतीबीच पनि अवसर भेटिने, सेवामूलक कामबाट सन्तोष मिल्नेछ। लगनशील प्रयासले लक्ष्य प्राप्त गर्न सकिनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापारमा मन्दीले आर्थिक अवस्था कमजोर बन्न सक्छ, लगानीमा सावधानी आवश्यक छ। माया प्रेम र पारिवारिक सम्बन्धमा मनमुटाव बढ्न सक्छ। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोला। कमाइ कम भए पनि पढाइमा सुधार आउनेछ। धार्मिक भ्रमणका योग छन्। शेयर तथा वित्तीय क्षेत्रमा सोचेर लगानी गरे लाभ मिल्नेछ। संयमता र धैर्यले समस्या टर्न सकिनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    भौतिक सम्पत्ति र विलासी वस्तुको व्यापारबाट मनग्य लाभ मिल्नेछ। सेयर बजारमा लगानीले फाइदा दिनेछ। साझेदारी व्यापार सफल हुनेछ। प्रेम र दाम्पत्य जीवन सुमधुर रहनेछ। जीवनसाथीको सहयोगले उत्साह बढ्नेछ। नयाँ प्रस्ताव र उपहार प्राप्त हुने समय हो। बौद्धिक क्षमता प्रयोग गरी अधिकार स्थापना गर्न सकिनेछ। परिवारको साथले आशा र आत्मबल बढ्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    प्रतिस्पर्धामा सफलता मिल्नेछ, व्यापार र सेयर लगानीबाट आम्दानी बढ्नेछ। सरकारी सप्लाई कार्यले लाभ दिनेछ। ऋण र रोगबाट मुक्ति पाइनेछ। प्रेम सम्बन्धमा नजिकिने समय हो। कुटुम्ब र मावलीको सहयोग मिल्नेछ। मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुँदै आर्थिक काममा सफलता मिल्नेछ। नयाँ योजनाको शुभारम्भका लागि अनुकूल समय हो।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    रमाइलो भेटघाट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। व्यापार तथा सेयर लगानीबाट मनग्गे आम्दानी हुनेछ। प्रेम सम्बन्धमा नजिकिने समय हो भने नयाँ योजना बनाउने अनुकूल समय पनि हो। उपहार तथा भौतिक लाभ पाइनेछ। सन्तान पक्षबाट शुभ समाचार आउनेछ। तर, खर्चिला काम सुरु गर्नुअघि सोचविचार गर्नुहोला। परिस्थिति अनुकूल बनाउन बुद्धिमत्ताले काम लिनुपर्ला।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    नयाँ कामभन्दा पुरानै योजनालाई निरन्तरता दिनु उपयुक्त हुनेछ। स्वास्थ्यमा चाप र पारिवारिक दूरीले मन खिन्न हुन सक्छ। विदेश यात्रा असहज लाग्न सक्छ, तर वित्तीय बजारमा लगानीले फाइदा दिलाउनेछ। साझेदारी समस्या समाधान भई दिगो योजना अगाडि बढ्नेछ। रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नेछ। अरूलाई धन नदिई सुरक्षित राख्नु हितकर हुनेछ। सम्झौता नवीकरणबाट दीर्घकालीन फाइदा मिल्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरी आर्थिक क्षेत्रमा बलियो प्रगति हुनेछ। लेखनकलामा सफल भई नाम कमाउन सकिनेछ। दाजुभाइ र मित्रको सहयोगले काम पूरा हुनेछ। माया प्रेम र जीवन साथीको समर्थन बलियो हुनेछ। प्राविधिक कार्य र व्यापारमा लाभ हुनेछ। सापटी दिनबाट बच्नुस्। कृषिमा केही चुनौती भए पनि धन आर्जन हुने समय हो। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    अध्ययन र अध्यापनमा सुधार आएर बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। साथीभाइ र आफन्तबाट सुखद समाचार पाइनेछ। व्यापार र सेयर लगानीले मनग्गे धन आर्जन हुनेछ र नयाँ काम सुरु हुने समय छ। प्रेम सम्बन्धहरू सुमधुर रहनेछन्। धैर्य र लगनशीलताले अवसर ल्याउनेछ। बोलिमा सावधानी राखेर योजना अघि बढाउन सकिनेछ। मिहिनेतले सम्मान र सफलतामा पुर्याउनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कलात्मक र रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोत सुरक्षित गर्न सकिनेछ। राजनीतिमा पद प्राप्ति फलदायी हुनेछ। व्यापार र सेयर लगानीबाट मनग्गे नाफा कमाउन सकिन्छ। विद्यार्थीले खोजमूलक क्षेत्रमा सफलता पाउनेछन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ तर प्रतिस्पर्धी बढ्ने सम्भावना छ। रमाइलो जमघटमा खानपानको आनन्द पनि मिल्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com