काठमाडौँ / संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न जेलमा रहेका १२० जना नेपाली नागरिकलाई आममाफी दिँदै बाँकी सजाय मिनाहा गरेको छ। इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद अल अदाहको अवसरमा युएई सरकारले विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका नेपालीहरूलाई मानवीय दृष्टिकोणले आममाफी दिएको हो।
नेपाली राजदूतावास, अबुधाबीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। आममाफीअन्तर्गत जेलमा रहेका नेपालीहरूको बाँकी सजाय माफी गरिएकाले उनीहरू अब चाँडै स्वदेश फर्किने सम्भावना छ।
राजदूतावासले आममाफी पाएका नेपालीहरूको कागजी प्रक्रिया तथा स्वदेश फिर्तीको समन्वयमा काम भइरहेको पनि जनाएको छ।