नेपालमा लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ : मन्त्री भण्डारी

नेपालमा लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ : मन्त्री भण्डारी

बुधवार, असार ३२ २०८२
बुधवार, असार ३२ २०८२
  • नेपालमा लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ : मन्त्री भण्डारी

    काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपालमा आयातलाई प्रतिस्थापन गर्ने तहको सम्भावनाहरू भएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित महत्त्वपूर्ण व्यवसायिक व्यक्तिको सम्मान एवं सुशोभन समारोहमा उनले पछिल्लो समय लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको भन्दै अब नेपाली वस्तुलाई निर्यात गर्ने र आयातलाई प्रतिस्थापन गर्ने तहमा अगाडि बढ्ने बताए । 

    images
    images

    उनले भने, “हाम्रो उत्पादनले बजार पाउने कुरामा समस्या छ, उद्योगहरूले जटिल अवस्थामा उद्योग सञ्चालन गरिरहेका छन् । र त्यसको बजार नेपाली बजार मात्र होईन, अन्तर्राष्ट्रिय बजार पनि हुनुपर्छ तर हामीले सामान निर्यात गर्न धेरै जटिलताहरू छन् । हामी सबैभन्दा बढि यसमा केन्द्रीत भएर लागि रहेका छौँ । आज हाम्रो लगानी, सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ । हामी अब वस्तुलाई निर्यात गर्ने तहमा, आयातलाई प्रतिस्थापन गर्ने तहमा हाम्रा सम्भावनाहरू छन् ।” 

    उनले व्यवसायीहरूको आशा र अपेक्षालाई पूरा गर्ने गरि मन्त्रालयले काम गर्ने तयारी गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यस्तै, उनले नेपालको अर्थतन्त्रमा समस्या आईरहेको बेलामा पनि सफलतापूर्वक व्यापार व्यवसाय गर्ने सबैलाई धन्यवाद दिदैँ सम्मानित भएका व्यक्तित्वहरूलाई आगामी यात्रा र सफलताको लागि शुभकामना पनि दिएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com