एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, ग्राहकहरूलाई विशेष छुट

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, ग्राहकहरूलाई विशेष छुट

बुधवार, असार ३२ २०८२
बुधवार, असार ३२ २०८२
  • एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, ग्राहकहरूलाई विशेष छुट

    काठमाडौँ / एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच यस बैंकका ग्राहकहरूलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । 

    images
    images

    सो सम्झौतासँगै अब बैंकका ग्राहकहरूले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नुहुनेछ । 

    चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायिक होमस्टेको सेवा लिई ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुन्छ ।

    वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायिक होमस्टेबीचको यस साझेदारीले ग्राहकहरूलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com