नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब प्रथम बिमा शुल्क आर्जन गर्दै बनायो रेकर्ड

नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब प्रथम बिमा शुल्क आर्जन गर्दै बनायो रेकर्ड

बुधवार, असार ३२ २०८२
बुधवार, असार ३२ २०८२
  • नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब प्रथम बिमा शुल्क आर्जन गर्दै बनायो रेकर्ड

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा नजिकिदै गर्दा १० अर्ब रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गर्दै नेपालको जीवन बिमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ ।

    images
    images

    सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बिमा गर्नुहुने  बिमितहरू, कम्पनीको मेरुदण्डको रूपमा रहेका बिमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, सेयरधनीहरू, नियामक निकायहरू तथा यस ऐतिहासिक लक्ष्यलाई मूर्तता प्रदान गर्न अहोरात्र सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन् । 

    नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बिमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको छ । आगामी दिनमा बिमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा नेपाल लाइफ विश्वस्त छ । 

    नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका इनोभेटिभ प्रोडक्टहरू ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने, कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सिप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बिमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com