मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक : नयाँ नोट छाप्नेदेखि कोदो दिवस मनाउनेसम्म

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक : नयाँ नोट छाप्नेदेखि कोदो दिवस मनाउनेसम्म

बुधवार, असार ३२ २०८२
बुधवार, असार ३२ २०८२
  • मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक : नयाँ नोट छाप्नेदेखि कोदो दिवस मनाउनेसम्म

    काठमाडौँ  / असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले २३ र ३० गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू बुधबार सार्वजनिक गरेका हुन् । 

    images
    images

    मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई न्यूयोर्कमा हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणमा सहभागी हुन स्वीकृति दिएको छ ।

    यसैगरी नेपाल राष्ट्र बैंकबाट नयाँ हजार रुपैयाँ दरका नोट प्रकाशनको तयारी स्वरूप नोटको चित्र तथा आकार स्वीकृत गरिएको छ । साथै, विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट थप १०.८ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार्ने निर्णय भएको छ । 

    साथै, प्रत्येक वर्ष साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ को रूपमा मनाउने र उखु उत्पादक कृषकहरूलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

    यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा र एक महासेनानीलाई सहायक सेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।

    वन तथा वातावरण मन्त्रालयले गुल्मीको रेसुङ्गा नगरपालिकामा जिपलाइन तथा स्काई साइक्लिङ परियोजनाका लागि राष्ट्रिय वनको प्रयोग तथा नर्वे र चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा मन्त्रीहरूको सहभागितालाई स्वीकृति दिएको छ ।

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com