नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै

बुधवार, असार ३२ २०८२
बुधवार, असार ३२ २०८२
  • नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै

    काठमाडौँ / नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज सपथ लिने भएकी छिन् । बुधबार साँझ ६ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिले उनलाई सपथ ग्रहण गराउने छन् । 

    images
    images

    मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए । न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।

    उनले अनुसन्धानलाई सघाउन आफूले राजीनामा दिएको बताउँदै खाँदै नखाएको विष आफूलाई लागेको दाबी गर्दै आएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com