मंगलम् इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम् इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

बुधवार, असार ३२ २०८२
बुधवार, असार ३२ २०८२
  • मंगलम् इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

    काठमाडौँ / मंगलम् इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड, अवसर इक्वीटी डाइभर्सिफाइड फण्डबाट झण्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी हासिल गरेको छ । नेपालमा उच्च बृद्धि सम्भावना भएका व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध निजी इक्विटी फण्ड, अवसर इक्वीटी डाइभर्सिफाइड फण्डबाट उक्त लगानी हासिल गरेको हो । 

    images
    images

    कम्पनीले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो रणनीतिक लगानी एमआईएलको बृद्धि विकास यात्रा र भविष्यप्रतिको लगानीकर्ताको गहिरो विश्वासलाई संकेत गर्ने ऐतिहासिक उपलब्धि भएको जनाएको छ । 

    यो लगानीबाट कम्पनीलाई आफ्ना कार्यसंचालन प्रक्रियाहरूको सुदृढीकरण गर्न, उत्पादनमा नवप्रवर्तन ल्याउन तथा नेपाल र बाहिरी बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्न मद्दत पुग्ने एमआईएले विश्वास ब्यक्त गरेको छ ।

    कम्पनीले उक्त लगानी मुख्यतः कम्पनीको वित्तिय अवस्थालाई थप मजबुत गर्न, तथा दिगोपनका साथै उत्कृष्टताको दिशामा अझ प्रतिबद्ध हुन प्रयोग गर्ने विज्ञप्तीमा उल्लेख छ । 

    “हामी अवसर इक्वीटी डाइभर्सिफाइड फण्डलाई हाम्रो रूपान्तरण यात्रामा रणनीतिक साझेदारका रूपमा स्वागत गर्न पाउँदा खुशी छौँ,” मंगलम इन्डस्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अभिनव चुरिवालले बताए, “यो लगानीले हाम्रो व्यवसायिक मोडेललाई पुर्नपुष्टि मात्रै नगरी, हाम्रो कर्मचारी, डिलर, ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरूको लागि ठूलो उत्प्रेरणा प्रदान गरेको छ जसले हाम्रो भविष्यको सफलताको आधार तयार गर्नेछ ।”

    अवसर इक्वीटी डाइभर्सिफाइड फण्डसँगको सहकार्यमार्फत कम्पनीले नयाँ अवसरहरूको अन्वेषण गर्ने र नवप्रबर्तन तथा गुणस्तरका नयाँ मापदण्ड तय गर्ने अपेक्षा राखेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com