चिसापानीमा बाँदरको दुःखले बेसार खेती

चिसापानीमा बाँदरको दुःखले बेसार खेती

बुधवार, असार ३२ २०८२
बुधवार, असार ३२ २०८२
  • चिसापानीमा बाँदरको दुःखले बेसार खेती

    रामेछापको चिसापानीका किसानहरूले बाँदर समस्या समाधानका लागि बेसार खेती सुरु गरेका छन्।

    images
    images

    मकैमा बाँदरको आक्रमणपछि किसानहरूले बेसार खेती सुरु गरी राम्रो आम्दानी गरिरहेका छन्।

    बेसार खेतीबाट किसानहरूले राम्रो आम्दानी गर्न थालेपछि थप जमिनमा खेती गर्ने तयारी गरेका छन्।

    रामेछाप ।  मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक रूपमा बेसार खेती सुरु गरेका छन् । बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा बेसार खेती सुरु गरेका हुन् । 

    बेसार बिक्रीबाट राम्रै आम्दानी हुन थालेपछि किसानहरू त्यसतर्फ आकर्षित भएका हुन् । हाल स्थानीय बजारमा बेसार प्रतिकिलो रु ३०० सम्म बिक्री हुने गरेको छ । 

    नगदे बालीका रूपमा लिइने बेसार खेतीबाट राम्रो आम्दानी हुने गरेको  किसान श्रीप्रसाद घिमिरे बताउँछन् । “बाँदरकै कारण गाउँ रित्तिन थालेको छ, धेरै मानिसहरू बसाइ सरिसकेका छन्, मैले विकल्पमा १० रोपनीमा बेसार खेती गरेको छु”, उनले भने । 

    आफूहरूले अभियानकै रूपमा बेसार खेती गरेको र थप जमिनमा रोप्ने तयारी पनि गरिरहेको उनको भनाइ छ । 

    बसाइँ सरेपछि यहाँका बाँझा बारीमा पछिल्लो समय बेसार खेती हुन थालेको उनको भनाइ छ । बाँदरबाट जोगाउनका लागि धेरै किसानले बेसारसँगै अम्रिसोको खेती पनि गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com