कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा हुने, देशभर मनसुनी वायुको प्रभाव

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा हुने, देशभर मनसुनी वायुको प्रभाव

मंगलवार, असार ३१ २०८२
मंगलवार, असार ३१ २०८२
  • कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा हुने, देशभर मनसुनी वायुको प्रभाव

    काठमाडौं/  देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
     
    आज पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो भने देशभर साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ ।

    आज राति देशभर साधरणतया बदली रही कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com