काठमाडौँ / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
घुस प्रकरणसँग सम्बन्धित अडियो सार्वजनिक भएपछि विवादमा तानिएका उनी प्रधानमन्त्री ओलीको बोलावटमा बालुवाटार पुगेका हुन् ।
घुस प्रकरणसँग सम्बन्धित अडियो सार्वजनिक भएपछि विवादित बनेका उनीसँग प्रधामन्त्रीले सोही विषयमा छलफल गर्ने बताइएको छ ।
सार्वजनिक भएको अडियोमा मन्त्री गुप्ताले घुस रकम डिल गरेको आशंका गरिएको छ, जसका कारण चौतर्फी आलोचना सुरु भएको छ।
“मन्त्री गुप्ता बालुवाटार आइपुग्नु भएको छ। सम्भवतः उहाँले आजै राजीनामा दिने तयारी गर्नुभएको छ,” बालुवाटार स्रोतले जनाएको छ ।